राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला शइद मुवारक जरवान अलसामसी, ताञ्जानियाका राजदूत अनिसा कापुफी एमबेगा र सर्वियाका राजदूत सिनिसा पाभिकले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array