तारकेश्वरलाई वित्तिय सुशासन जोखिम मुल्यांकन र संस्थागत क्षमता मुल्यांकनमा शत प्रतिशत नतिजा दिने गरि काम गर्न नगरप्रमुखको आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) र संस्थागत क्षमता मुल्यांकन (LISA) मा शतप्रतिशत नतिजा आउने गरि काम गर्न नगरपालिकाका कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा आज धर्मस्थलीमा भएको वित्तिय सुसासन जोखिम मुल्यांकन(FRA) र स्थानीय तह संस्थागत क्षमता मुल्यांकन(LISA) सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले २९३ नगरपालिकाहरु मध्य तारकेश्वर नगरपालिकालाई शिर्ष स्थानमा हुनेगरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुम महर्जनले जनताको पक्षमा काम गर्ने क्रममा हुने कतिपय कानुनी कम्जोरी हुन नदिन जनप्रतिनिधिलाई कर्मचारीहरुले सचेत गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिब तुलसीराम अर्यालले कानुनी परीधिभित्र रहेर काम गर्न सकेमा समस्या नहुने बताँउदै स्थानीय निकायको वित्तिय प्रगतिमा जनप्रतिनिधि र कर्मचारीको समन्वय जरुरी रहने बताउनुभयो ।

No description available.
कार्यक्रममा दक्षिणकाली नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले आफुले गरेको कामको आफैले मुल्यांकन गरेमा लिजा सफल हुने बताँउदै कर्तव्यमा प्रतिष्पर्धा हुन सकेमा मात्र आफु कार्यरत स्थानीय निकायको प्रगति हुने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले लिसा र एफआरए सफल बनाउन जनप्रतिनिधि र कर्मचारीको समाजस्य हुनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका अधिकृत सागर अर्यालले सञ्चालन गरेको कार्यक्रममा तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, नगरपालिकाको विभिन्न शाखा प्रमुखहरु, कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

gh

प्रतिक्रिया दिनुहोस्

Array