नगरपालिकाको अर्को सराहनीय काम : रेडक्रसबाट रगत लिंदा तारकेश्वरका स्थायीबासीहरुले कुनै शुल्क तिर्नु नपर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ पुष २०७९, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुले नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रबाट रगत लिंदामा अब कुनै शुल्क तिनु नपर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले सबै नागरिकहरुलाई निशुल्क दिएपनि क्रस म्याच लगायतका लागि शुल्क लिंदै आइरहेको छ ।
तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच तारकेश्वर नगरवासीलाई निशुल्क रगत दिने सम्बन्धी सम्झौता भएको छ । धर्मस्थलीमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र नेपाल रडक्रस सोसाइटीका निर्देशक दिब्यराज पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर भएसंगै अव देखि तारकेश्वर नगरभित्र स्थायी बसोबास गर्ने नागरिकले रेडक्रस मार्फत रगत लिंदा तिनुपर्ने क्रस म्याचबापतको शुल्क तारकेश्वर नगरपालिकाले तिरिदिने छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जन, नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेल, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे, तारकेश्वर नगरपालिकाका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. लक्ष्मी प्रसाद घिमीरे, तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, नगर स्वास्थ्य शाखाका प्रमुख बिनोदकुमार शाह, जनस्वास्थ्य निरिक्षक राधा थपलिया, गणेश कुंवर लगायतको उपस्थीति रहेको थियो ।
सम्झौतापत्रमा हस्ताक्षर पछि नगरप्रमुख कृष्ण हरि महर्जनले रेडक्रस र नगरपालिका बिचको सम्झौता पछि रेडक्रसले प्राथमीकताको आधारमा तारकेश्वर नगरवासीलाई रगत उपलव्ध गराउने बताँउदै सम्झौताले नगरवासीलाई हित गर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले नगरपालिका र रेडक्रस बिचको सम्झौता संगै नगरपालिकाले नागरिक प्रतिको उत्तरदायीत्व पुरा गरेको बताँउदै गाँउगाँउमा सिंहदरबारको अवधारणाले सार्थकता पाएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. लग्मी प्रसाद घिमिरेले सम्झौताले नगरवासीले राहत महसुस गर्ने बताँउदै नगरबासीको हितमा समितिले अन्य धेरै महत्वपुर्ण कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिचको सम्झौता पछि तारकेश्वर नगरपालिकाको स्थायी बासिन्दा, नगरपालिका र त्यस अन्तर्गतका कर्मचारीहरुले निशुल्क रुपमा रगत पाउने छन् । निशुल्क रगतका लागि नगरपालिकाको सिफारीस पत्र वा निशुल्क रगत सेवा लिनुपर्ने तथा लिएका व्यक्ति नगरपालिकाको स्थायी वासिन्दा भएको प्रमाण हुने कुनै किसिमको आधिकारीक सरकारी कागजात ( नागरिकता, लाइसेन्स, मतदाता परिचयपत्र, बसाइसराई, लालपुर्जा इत्यादी) को प्रतिलिपिमा बिरामी वा आफन्ताले प्रमाणीत गरेर निशुल्क रगत लिन सक्नेछन् ।
सम्झौता पछि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई न्युनतम ३ महिनालाई सेवा शुल्क बापत लाग्ने अनुमानीत रु २ लाख भुक्तानी दिनेछ ।

No description available.

No description available.No description available.

No description available.

No description available.

sdsd

प्रतिक्रिया दिनुहोस्

Array