तारकेश्वर नगरपालिकामा स्वास्थ्य बीमा लागुगर्ने तयारी, बार्षिक ३५ सय तिरेर १ लाख सम्मको उपचार खर्च पाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ पुष २०७९, शनिबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । “तपाइको स्वास्थ्य हाम्रो अठोट ” भन्ने नाराका साथ तारकेश्वर नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र उपचार खर्चको सरल ब्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकु संगको सहकार्यमा स्वास्थ्य बिमा कार्येक्रम लागु गर्ने तयारी भएको छ ।
नेपाल सरकारले प्रत्यक नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने नीति अनुरुप सुरु गरिएको यो अभियान उपत्यका बाहिरको केहि जिल्लाहरुमा सुरु भइसकेपनि तारकेश्वर नगरवासीहरु भने उपभोग गर्न पाइरहेका थिएनन् । नगरपालिकाको विशेष पहलमा अव भने यो सेवा तारकेश्वरमा लागु गर्न लागिएको हो ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनको लागि ५ जना सम्मको परिवारले प्रतिपरिवार प्रति बर्ष रु ३५ सय शुल्क बुझाउनु पर्नेछ भने पाँच जना भन्दा बढी सदस्य भएको परिवारले थप २० हजारका दरले शुल्क बुझाउनु पर्ने छ । बार्षिक शुल्क बुझाएका बीमित परिवारले उपचार बापत बार्षिक ५ जना सम्मको लागि रु १ लाख र त्यो भन्दा बढी बीमित सदस्य भएको परिवारले अधिकतम रु २ लाख सम्म उपचार सहयोग पाउने छन् ।
यस कार्यक्रमका लागि नगरपालिका भित्र ६ महिना अघि देखि बसोबास भएको हुनुपर्ने छ । नगरपालिका भित्र बसोबास गर्ने स्थायी र अस्थायी सबै नागरिकले यो बीमा कार्यक्रममा सहभागी हुन पाउने छन् । बीमा कार्यक्रममा अति गरिब, एचआइभी संक्रमीत, कुष्ठरोगी, अति अशक्त अपांगता भएका परिवारहरुले कुनै शुल्क तिर्नुपदैन् । महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । त्यस्तै ७० बर्ष पुरा भएका जेष्ठ नागरिकको हकमा योगदान र हकमा पुर्ण छुट पाउने छन् । जेष्ठ नागरिकले रु १ लाख सम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् ।
बीमा लागु भएसंगै अव तारकेश्वरका ११ वटै वडा कार्यालय मार्फत बीमा प्रतिनिधिहरुले नागरिकहरुलाई सम्पर्क गर्ने छन् । बीमा प्रतिनिधि मार्फत नगरवासीहरुले बीमा गराएर सेवा लिन सक्ने तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
यसै बिच तारकेश्वर नगरपालिकामा नगरप्रमुख,उपप्रमुख, नगरस्वास्थ्य समितिका पदाधीकारीहरु, जनप्रतिनिधिहरु र सरोकारवाला बिच स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिकाका बिभिन्न वडाका अध्यक्षहरु, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. लक्ष्मी प्रसाद घिमीरे, सहित बिभिन्न शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण हरि महर्जनले बीमा कार्यक्रम लागु भएपछि नगरवासीहरुले थोरै बीमा शुल्क बुझाएर स्वास्थ्यमा हुने ठुलो धनरासीको बचत गर्न सक्ने बताँउदै बीमा गरेर यसको लाभ लिन नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले बीमा कार्यक्रम लागु हुन नगरपालिकाको उपलब्धी रहेको बताँउदै यसले नगरवासीलाई आर्थिक फाइदा पुग्ने बताउनुभयो ।

May be an image of text that says 'FIRER P तारकेश्वर नगरपालिका स्थानीय तह जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि स्वास्थ्य बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०७९ पुस प्रस्तुति: जीवलाल खरेल प्रदेश संयोजक, स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश'
बीमा कार्यक्रम लागु गर्नका लागि नगरपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गरेर बीमा प्रतीनिधीहरु छनौट गरेर पठाउन आग्रह गरेको छ । बीमा प्रतिनिधिहरुको नाम आएपछि उनिहरुलाई तिन दिने तालीम दिएर घर घरमा बीमाको लागि पठाइने तारकेश्वर नगरस्वास्थ्य शाखाका अधिकृत गणेश कुंवरले बताउनुभयो । कुंवरले पुस मसान्त भित्रका बीमा गर्ने नगरवासीहरुले फागुन १ गतेबाट सेवा पाउने बताउनुभयो । पुस पछि चैत्र मसान्त सम्म बीमा गर्नेहरुले जेष्ठ १ गतेबाट मात्र बीमा सेवा पाउने छन् ।

No photo description available.

May be an image of 4 people and people standing

May be an image of 4 people and people standing

sd

प्रतिक्रिया दिनुहोस्

Array