तारकेश्वरमा एक दिने तरकारी खेती तालिम सम्पन्न, किसानलाई सहयोग गर्न नगरपालिका सदैब तयार छ : नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ पुष २०७९, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको कृषि शाखाको आयोजनामा एक दिने तरकारी खेती तालिम सम्पन्न भएको छ ।
तालिममा तारकेश्वर नगरपालिकाको ११ वटै वडाका कृषक समुह, कृषि सहकारी, फार्म र कृषक प्रतिनिधि सहित ६७ जनाको सहभागीता रहेको तारकेश्वर नगरपालिका कृषि शाखाकी अधिकृत मिना कुमारी थापाले बताउनुभयो ।
तालिमको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कृषी क्षेत्र विकासको मेरुदण्ड रहेको बताँउदै तारकेश्वर नगरपालिका भित्रका व्यवसायीक कृषिको प्रबद्र्धनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

No description available.
तालिममा कृषकहरुलाई कृषि अधिकृतहरु हरिहर काफ्ले, ऋषिराम न्यौपाने र मिना कुमारी थापा लगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा गोलभेडा र नरसरी खेतीको आधुनीक प्रबृद्धि, बोटबिरुवालाई चाहिने खाध्यतत्व, तरकारीमा लाग्ने मुख्य रोगहरु लगायतका बारेमा जानकारी दिइएको थियो ।
तालिममा सहभागीहरुलाई लहरेबालीको बिउ, बिसादी हाल्ने स्पेयर, प्लास्टीक ग्रोव्याग, फोरोमेन्ट ट्रयाप, एलो स्टीकर लगायतका सामग्रीहरु बितरण गरिएको थियो ।
कृषि शाखाको आयोजनामा शनिबार र आइतबार कौसिखेती र च्याउ खेती सम्बन्धी तालिमहरुको आयोजना समेत गरिएको छ ।

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array