तारकेश्वरमा प्राङगारीक मल उत्पादन तालिम आयोजना, घरकै फोहरलाई मल बनाएर प्रयोग सक्ने तालिम पाएपछि सहभागी दंग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० पुष २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको कृषि शाखाको आयोजनामा एक दिने प्राङगारिक मल उत्पादन तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाकक्ष धर्मस्थलीमा शनिबार सम्पन्न भएको तालिममा नगरपलिकाका ११ वटै वडाका कृषक समुह, कृषि सहकारी, फार्म र कृषक प्रतिनिधि सहित ७० जनाको सहभागीता रहेको तारकेश्वर नगरपालिका कृषि शाखाकी अधिकृत मिना कुमारी थापाले बताउनुभयो ।

No description available.
तालिमको समापन गदै तारकेश्वर नगरपालिकाका अधिकृत तिर्थराज थापामगरले नगरपालिकाले एक दिने तालिम दिएर सहभागीहरुलाई कौतुहलता जगाउने मात्र काम गरेको बताँउदै सिकेको कुरालाई परिवार र छिमेकमा लगेर सिकाएमा मात्र तालिमले सार्थकता पाउने बताउनुभयो ।
तालिममा सहभागीहरुलाई पुर्व बागबानी विकास अधिकृत ऋषिराम न्यौपाने, कृषि अधिकृत भिष्म बस्नेत र तारकेश्वर नगरपालिका कृषि शाखाकी प्रमुख मिना कुमारी थापा लगायतले प्राङगारीक मल उत्पादन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिममा प्राङगारीक बजारीकरण, जैविक मल बनाउने विधि, जैविक किरा नियन्त्रण प्रविधिको बारेमा जानकारी दिइएको थियो ।

No description available.
तालिम कार्यक्रममा घर परिवारबाट निस्कने तरकारी, फलफुल तथा बढी भएका खाध्यबस्तुलाई प्राङगारिक मलको रुपमा उत्पादन गरेर आफनै करेसाबारीमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सहभागीलाई व्यवहारीक ज्ञान समेत दिइएको थियो । दैनिक रुपमा निस्कने कुहिने खालका फोहरबाट प्राङगारिक मल उत्पादन गर्न सकिने ज्ञान सिक्न पाएकोमा तालिममा सहभागीहरु निकै खुसी भएका छन् । तालिममा सहभागी विना श्रेष्ठले तालिम निकै प्रभावकारी भएको बताँउदै यस्तो कार्यक्रमलाई नगरपालिकाले अझै व्यापक रुपमा लैजानुपर्ने बताउनुभयो । श्रेष्ठले घरबाट निस्कने कुहिने बस्तुबाट घरमानै मल उत्पादन गर्न सकिने कुरा तालिमबाट जानेपछि त्यस्ता बस्तुलाई फोहरको रुपमा अब नफाल्ने बताउनुभयो ।

No description available.
तालिममा सहभागीहरुलाई लहरेबालीको बिउ, बिसादी हाल्ने स्पेयर, फोरोमेन्ट ट्रयाप, एलो स्टीकर र जैविक इएम लगायतका सामग्रीहरु बितरण गरिएको थियो ।
कृषि शाखाको आयोजनामा आइतबार कौसिखेती र च्याउ खेती सम्बन्धी तालिमहरुको आयोजना समेत हुदैछ ।

No description available.

No description available.

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array