नेपालटार देखि झोर सम्मको सडक स्तरउन्नतीको काम यसै बर्ष पुरा हुने, नगरप्रमुखद्धारा छिटो काम सम्पन्न गर्न निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० पुष २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको क्रमागत योजना अन्तर्गत निर्माण भइरहेको बाइपास देखि नेपालटार हुंदै फुटुङ, झोर सम्मको सडक स्तरउन्नीको काम धमाधम अगाडी बढीरहेको छ ।
बिगत ३ बर्ष देखि सुरु भएको उक्त सडक स्तरोन्नतीको काम यसै आर्थिक बर्षमा पुरा गर्ने गरि काम गर्न नगरप्रमुख कृष्ण हरि महर्जनले निर्देशन दिनुभएको छ । सडकको बिस्तृत डिपिआर नहुंदा योजनाको लागत र अन्य प्राविधिक समस्याले निर्माण कार्यमा ढिलाई भइरहेको छ ।
तारकेश्वर नगरपालिकाको प्राविधिक शाखा प्रमुख पुर्णकाजी महर्जनले यहि पुसमा हुने तारकेश्वरको नगरसभाले २ करोड रकम थप बिनियोजन गरेर योजनालाई यसै आर्थिक बर्ष भित्र पुरा गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
३ बर्ष देखि निरन्तर काम भइरहेको भएपनि प्राविधिक र व्यवहारीक समस्याका कारण सडक निर्माणमा ढिलाई भइरहेको तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्रीले बताउनुभयो ।

No description available.
अध्यक्ष खत्रीले पुर्वाधार तयारी भएको ठाँउमा पिचको काम पुरा भएको र केहि बिबादीत ठाँउमा समस्या समाधान गरेर काम अगाडी बढाइएको बताउनुभयो । उहाँले उक्त सडकको ८० मिटरको एउटा ढलान बाँकी रहेको र त्यसलाई चैत्र बैशाख सम्म सकिने बताउनुभयो ।
अध्यक्ष खत्रीले सडकमा धेरै ठाँउमा वालहरु लगाउनुपर्ने, ढलको निकासाका लागि धेरै टाढा सम्म लैजानुपर्ने जस्ता समस्याले योजनाको लागत र समय बढेको बताउनुभयो ।
यसै बिच उक्त योजना अन्तर्गतको करिब ९ सय मिटर सडक पिच भएको छ । नगरपालिकाको ३ करोड २८ लाखको लागतमा ग्रिन पिस ग्रिनतारा जेभीले मार्फत गरिएको पिचको नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले अनुगमन गर्नुभएको छ । सडक अनुगमन गदै नगरप्रमुख महर्जनले गुणस्तरीय सडक निर्माण गर्न आग्रह गर्नुभएको छ ।
पिच अनुगमनका क्रममा नगरप्रमुख महर्जन, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, प्राविधिक, स्थानीयबासीहरु लगायतको उपस्थीति रहेको थियो ।
सडक निर्माण कम्पनी ग्रिनताराका डाइरेक्टर सुजन श्रेष्ठले नगरपालिकाका प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा गुणस्तरीय सडक निर्माण भइरहेको बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

zx

प्रतिक्रिया दिनुहोस्

Array