राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई अब्दुल खानलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । उहाँहरूको कार्यभार पछि तोकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array