कार्यविधिविपरीत राखेका व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सो कार्यविधि पालना गर्न सहयोग गरिदिन आग्रह गरेको हो । सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानलाई ध्यान दिँदै उक्त कार्यविधि कार्यान्वयनमा रहेको छ ।

कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्वकर्मचारी÷सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array