तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनद्धारा एकाविहानै ५ योजनाको अनुगमन, निर्माण कार्यप्रगति प्रति खुसी व्यक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ पुष २०७९, बुधबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आज विहानै तारकेश्वर नगरपालिकाको लगानीमा सञ्चालीत वडा नं ९ र १० का ५ योजनाहरुको अनुगमन गर्नुभएको छ ।
नगरप्रमुख महर्जनले वडा नं ९ र १० मा निर्माण सम्पन्न भएका २ र निर्माण कार्य भइरहेका ३ गरि ५ योजनाहरुको आज अनुगमन र निरिक्षण गर्नुभएको हो । ति पाँच योजनाका लागत करिब १ करोड १३ लाख रहेका छन् ।
चिसो मौसमका बिच पनि बिहानै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, वडानं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, वडा न ९ का सदस्य एवं नगरपालिकाका न्यायीक समितिका सदस्य उज्जवल अधिकारी, वडा नं ९ का सदस्य श्यामकृष्ण महर्जन सहितको टोलीले योजनाहरुको अनुगमन गरेको हो ।
नगरप्रमुख महर्जन सहित जनप्रतिनिधिहरुको टोलीले निर्माण कार्य भइरहेको तारकेश्वर नगरपालिका ९ मनमैजु पुरानो बस्ती देखि निक्टीटोल कोलान छें टफटटोल सम्मको सडकमा ढुंगा छाप्ने काम, तारकेश्वर नगरपालिका वडा नं ९ र १० को सिमानामा रहेको सार्वजनिक जग्गामा पर्खाल निर्माण सम्बन्धी योजना, तारकेश्वर नगरपालिका वडा नं १० स्थीत मनमैजु देवी घर अगाडी खुल्ला स्थानमा ढुगां बिछयाउने सम्बन्धी कामको निरिक्षण गरेको हो ।
त्यस्तै नगरप्रमुख सहितको टोलीले तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत इन्द्रायणी पुल देखि वडा नं ७ सम्मको सिमानाको साङले खोलाको पर्खालको उचाई बढाउने काम, तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत बासुकेश्वर मन्दीर देखि डम्बर खपाङगीको घर माथी सम्मको बाटो ढलान गर्ने कामको अनुगमन गरीएको छ ।
यि हुन अनुगमन र निरिक्षण गरिएका योजनाहरु ?
तारकेश्वर नगरपालिका ९ मनमैजु पुरानो बस्ती देखि निक्टीटोल कोलान छें टफटटोल सम्मको सडकमा ढुंगा छाप्ने काम सुरु भएको छ । तारकेश्वर नगरपालिकाको नगरस्तरीय योजनाबाट बिनियोेजित रु ४८ लाख र उपभोक्ता समितिबाट जनश्रमदान ५ लाख ३६ हजार २ सय ८७ रुपयाँ गरि कुल ५३ लाख ३६ हजार २ सय ८७ रुपयाँको लागतमा उक्त सडकमा ढुंगा छाप्न सुरु गरिएको हो ।

No description available.

No description available.

No description available.

निक्टीटोल उपभोक्ता समिति मार्फत भइरहेको उक्त काम चैत्र ५ गते सम्पन्न हुने गरि यहि पुस ५ गते नगरपालिकासंग सम्झौता भएको हो । सम्झौता पछि उपभोक्ता समिति मार्फत हाल धमाधम ढुंगा छाप्न सुरु भएको छ ।

No description available.

No description available.

No description available.त्यस्तै, तारकेश्वर नगरपालिका वडा नं ९ र १० को सिमानामा रहेको सार्वजनिक जग्गामा पर्खाल निर्माण सम्बन्धी काम जारी रहेको छ ।
श्री गणेशस्थान उपभोक्ता समिति मार्फत निर्माणको काम भइरहेको उक्त योजनाको लागि नगरपालिकाबाट बिनियोजन गरिएको १० लाख ६० हजार र उपभोक्ता समितिबाट १ लाख गरि ११ लाखमा निर्माण सम्पन्न हुनेछ ।

No description available.

No description available.त्यस्तै तारकेश्वर नगरपालिका वडा नं १० स्थीत मनमैजु देवी घर अगाडी खुल्ला स्थानमा ढुगां बिछयाउने काम भइरहेको छ । तारकेश्वर नगरपालिकाको २४ लाख २० हजार र उपभोक्ता समितिको २ लाख ४७ हजार ७ सय ३९ गरि कुल २६ लाख ६७ हजार ७ सय ३९ मा उक्त आयोजना निर्माण सम्पन्न हुनेछ । उक्त आयोजनाको कुलान्छे उपभोक्ता समिति मार्फत निर्माणको काम भइरहेको स्थानीय युवा तथा समाजसेवी हिरा महर्जनले जानाकारी दिनुभयो ।

No description available.

No description available.No description available.त्यस्तै, तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत इन्द्रायणी पुल देखि वडा नं ७ सम्मको सिमानाको साङले खोलाको पर्खालको उचाई बढाउने काम सम्पन्न भएको छ । खोलाको भौगोलीक अवस्था हेरी ७० एम एम देखि १५० एम एम सम्मको उचाई बढाइने काम सम्पन्न भएको तारकेश्वर नगरपालिका वडा नं ९ का सदस्य एवं तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य उज्जवल अधिकारीले बताउनुभयो ।
साङलेखोला उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएको उक्त योजनामा तारकेश्वर नगरपालिकाले १५ लाख र उपभोक्ता समितिले १ लाख ६३ हजार ९ सय ८४ व्यहोर्ने गरि योजना सम्झौता गरिएको थियो । योजनामा स्टीमेट गरिए भन्दा थप लम्बाई र उचाई बढाउनु पर्ने देखिएपछि उपभोक्ता समितिले नगरप्रमुख कृष्ण हरि महर्जनलाई भेटी थप रकम माग गरेको थियो । नगरप्रमुखले प्राविधिकको लागत स्टीमेट तयार गरी सम्झौता भन्दा थप ७ लाख ९५ हजार बराबरको रकम उपलव्ध गराइदिने प्रतिबद्धता व्यक्त गरेपछि थप काम समेत पुरा गरि भुक्तानीको लागि माग गरिएको उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण पाठकले बताउनुभयो । उक्त उपभोक्ता समितिको सचिब समिक्षा रम्तेल र कोषाध्यक्ष रामराज पन्त लगायत उपभोक्ता र स्थानीयको सहभागीतामा योजना पुरा भएको हो ।

No description available.

No description available.त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत बासुकेश्वर मन्दीर देखि डम्बर खपाङगीको घर माथी सम्मको बाटो ढलान गर्ने काम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको ११ औ नगरसभाबाट बिनियोजन गरिएको ६ लाख र ६८ हजार जनश्रमदान सहित ६ लाख ६८ हजारमा सडक ढलान सम्पन्न गरिएको हो ।
बासुकेश्वर महादेव उपभोक्ता समिति मार्फत करिब ६५ मिटर सडक ढलान पुरा भएको उक्त सडकको अनुगमन टोली संयोजक एवं वडा नं ९ का वडा सदस्य उज्जवल अधिकारीले बताउनुभयो ।

No description available.
ढलान कार्य प्राविधिक र जनप्रतिनिधिहरुको प्रत्यक्ष निगरानीमा पुरा गरिएको उपभोक्ता समितिका अध्यक्ष राधा ढकालले बताउनुभयो ।
साङलेखोला उपभोक्ता समिति र बासुकेश्वर महादेव उपभोक्ता समिति मार्फत पुरा भएका दुई योजनाको अनुगमन संयोजक अधिकारी हुनुहुन्थ्यो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array