बागमती प्रदेशसभाका सदस्यलाई शपथ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

बागमती , बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गर्नुभएको छ । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिनुभएको थियो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array