अपेन तारकेश्वरको आयोजनामा मण्टेश्वरी स्कुलमा अध्ययनरत वालवालिकाहरुको सृजनात्मक ढुंगाकला प्रर्दशनी आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ पुष २०७९, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । एसोसिएसन अफ प्रि–स्कुल एक्जुकेटर्स नेपाल (अपेन) तारकेश्वरको आयोजनामा मण्टेश्वरी स्कुलमा अध्ययनरत वालवालीकाहरुको सृजनात्मक ढुंगाकला प्रदर्शनी सम्पन्न भएको छ ।
एन्जल्स स्पोर्टस एकेडेमी तारकेश्वर ९ मा शनिबार सम्पन्न प्रदर्शनीमा तारकेश्वरका ११ मन्टेश्वरी स्कुलका यु केजीमा अध्यनरत १५० विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सडकमा भेटीने साना–साना ढुंगाहरुलाई वालवालीकाहरुले जम्मा गरेर अविभावक, शिक्षक र सहभागीहरुका विचमा समाजका बिभिन्न आकृतिहरुलाई कलात्मक रुपमा प्रस्तुत गरेका थिए । फालिएको ढुंगा पनि कुनै दिन काम लाग्छ भन्ने नेपाली उखानलाई चरितार्थ गदै मण्टेश्वरी स्कुलमा अध्यन्नरत वालवालिकाहरुले ढुंगालाई विभिन्न रंग र आकृति दिएर प्रदर्शनी गरिरहंदा अविभावक र शिक्षकहरु उत्साहीत देखिन्थे । प्रर्दशनीमा सहभागी वालवालीकाहरुलाई मेडल, प्रमाणपत्र र सहभागी विद्यालयलाई मायाँको चिनो सहित सम्मान गरिएको थियो ।

No description available.

No description available.प्रदर्शनी कार्यक्रममा बोल्दै वालविकास विशेसज्ञ ज्ञानु अमात्यले वालवालीकाहरुमा अनावश्यक दवावका कारण डिप्रेसनका घटनाहरु बढीरहेको बताँउदै अमात्यले अविभावकले आफ्ना वालवालिकाहरुको इच्छा, क्षमता र बुद्धीलाई पहिचान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “वालवालीकामा जे छ, जे गर्न सक्छ, त्यो गराउने हो, छिमेकीको छोरा डक्टर पढयो भनेर तपाँईको छोरा डक्टरनै बन्नुपर्दछ भन्ने होइन, उसमा इन्जीनियर बन्ने क्षमता हुन सक्छ, अथवा कलाकार बन्न सक्छ, जो भित्र जे छ त्यो गर्ने हो, यदि क्षमता पहिचान नगरि दबाव मात्र दियौं भने उसको भविष्य विग्रन सक्छ, उसलाई डिप्रेसन पनि हुन सक्छ”
अमात्यले बालबालीकाहरुलाई अविभावकहरुले पैसा धेरै जम्मा गरिदिएर हैन खुसी बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
अविभावकको सोच परिवर्तन नभए सम्म शिक्षामा परिवर्तन सम्भब नभएको बताँउदै अमात्यले त्यसका निम्ती अविभावकहरुलाई समेत तालिम दिनुपर्ने बताउनुभयो ।
अमात्यले वालवालिकालाई विद्यालयहरुले होमवर्क र कितावको ठेली भन्दा व्यवहारीक र समयपरक शिक्षा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अपेनका केन्द्रीय प्रतिनिधि कृष्ण बोहराले वालवालीकाको सुन्दर भविष्यका निम्ती प्रि स्कुलहरुले निकै मिहिनेत गरिरहेको बताँउदै त्यसका निम्ती समाजका सबै तह र तप्काबाट सहयोग जरुरी रहेको बताउनुभयो ।

No description available.
अपेन तारकेश्वरकी अध्यक्ष रेखा शाही हमालले सडकमा फालीएको ढुंगासंग वालवालीकाको सम्बन्धलाई प्रदर्शनी मार्फत प्रस्तुत गर्न खोजीएको बताउनुभयो ।
वालवालीकाको विकासमा अतिरिक्त कृयाकलापको ठुलो योग्दान रहने बताँउदै अध्यक्ष हमालले प्रदर्शनीमा सहभागी वालवालीकाहरु सबैको प्रतिभा उत्कृष्ट रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष हमालले एन्जल्स स्पोर्ट एकेडेमीले शनिवारका दिन बुकिङ भएका विभिन्न कार्यक्रमहरुलाई पनि स्थगति गरेर हल उपलव्ध गराएकोमा स्पोर्टस परिवार र एन्जल्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक वा थापालाई धन्यवात दिनुभयो ।
अपेन तारकेश्वरकी सचिब रबिना भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा अपेन तारकेश्वरकी सहसचिब निर्माला सिलवालले कार्यक्रममा सहभागी वालवालीका, अविभावक र शिक्षकहरुलाई स्वागत गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

x

प्रतिक्रिया दिनुहोस्

Array