तारकेश्वर नगरपालिका ९ को बासुकीनाग टोल सुधार समितिको अध्यक्षमा श्रेष्ठ सहित सर्वसम्मत नयाँ कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ पुष २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत वासुकीनाग टोल सुधार समितिको दशौं बर्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले कुमारमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको दिन शनिबार आयोजना गरिएको समितिको महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्मत चयन गरिएको टोल सुधार समितिको सचिब रमेश पाण्डे, सह–सचिब केशव काफले, कोषाध्यक्ष रमा सापकोटा, सदस्यहरुमा बाबुलाल सेढाँई, रेखा गौली, समिक्षा रम्तेल, डम्बर बहादुर मगर, बिष्णु लौडारी, कमला पौडेल रहेका छन् ।

May be an image of 10 people and people standing
साधारण सभाको उदघाटन गदै काठमाण्डौं क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य शिशिर खनालले समयको महत्व बुझेर युवाहरु देश बनाउने अभियानमा जुटनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले नवनिर्वाचीत कार्यसमितिलाई बधाई दिंदै टोलको बिकासमा सबै मिलेर अगाडी बढनुपर्ने बताउनुभयो ।
समितिका निर्वतमान अध्यक्ष हरि पाठकले नवनिर्वाचीत कार्यसमितिसंग सहकार्य गरेर टोलको विकासमा अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
३ सय घरधुरी रहेको बासुकी नाग टोल तारकेश्वर नगरपालिका वडा नं ९ को विकासमा पछि परेको टोलमा पर्दछ । बासुकीनाग टोल निवासी तारकेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य एवं न्यायीक समितिका सदस्य उज्जवल अधिकारीले बासुकीनागमा बहुउपयोगी सामुदायीक भबन र मरणपाटी बनाउनको लागि वडा र नगरपालिकासंग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
टोल सुधार समितिका साधारण सदस्य एवं जुझारु युवा नेता केशब भेटुवालले नयाँ कार्यसमितिको चयनसंगै टोलमा उत्साह बढेको बताँउदै बासुकीनाग टोलालाई स्वच्छ र हराभरा बनाउन लागिपर्ने बताउनुभयो ।

May be an image of 5 people and people standing

May be an image of 1 person, standing, sitting, outdoors and crowd

May be an image of text that says 'श्री बासुकीनाग टोल सुधार समिति तारकेश्वर नगरपालिका, वडा नं ९ बासुकीनाग टोल, मनमैजु, काठमाण्डौ प्यान नं ६०३७४२९६७ फोन नं 0१ ५१९६०४१ दशौं साधारण सभा तथा पाँचौं अधिवेशन कार्यक्रम मिति: २०७९ पौष ૧૬ गते शनिवार स्थान: श्री शुभारम्भ स्कुल, बासुकीनाग टोल समय: विहान १० वजे पछी'

May be an image of 1 person, standing, walking and outdoors

df

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array