प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सरकारको प्रभावकारिता, न्यूनतम साझा नीति कार्यक्रमलगायत विषयमा उहाँहरूबीच छलफल भएको थियो । गत बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँ विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

Array