एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०७९, बुधबार
2 Min Read
Aa

बागलुङ, सरासर पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै दिन थालिएको छ ।

विसं २०७२ को भूकम्पले कमजोर बनाएको भवन भत्काएर सात वर्षपछि नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले उच्च अदालतको सेवा जिल्ला अदालतकै भवनबाट दिन थालिएको हो । जिल्ला अदालतले आफ्नै भवन निर्माण गरेको जम्मा दुई वर्ष भयो । भाडाको भवनबाट जिल्ला अदालतको सेवा दिँदै आइएकामा सुविधासम्पन्न तीनतले पक्की भवन बनेपछि बागलुङ नगरपालिका–२ रुद्रेपिपलबाट आफ्नो सेवा दिइरहेको थियो । एक महिनादेखि जिल्ला अदालतको भवनबाटै उच्च अदालतको सेवा पनि दिन थालिएको उच्च अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।
“मङ्सिरको २८ गते कायममुकायम प्रधानन्यायाशीश हरिकृष्ण कार्कीले उच्च अदालतको भवन पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो, हामीले त्यसअघि नै उच्च अदालतको सेवा जिल्ला अदालतको दोस्रो तलाबाट दिन थालिरहेका थियौँ, न्याय सम्पादनमा एक दिन पनि असर नपर्ने गरी उच्च अदालतको सेवा अहिले एक महिनादेखि जिल्ला अदालतबाट दिन थालेका छौँ भने आवासलाई भाडाको घरमा पु¥याएका छौँ”, उहाँले भन्नुभयो, “जिल्ला अदालतको तीनतले भवनमाथि हामीले एक तला ट्रस्ट हालेका छौँ, पक्की भवनको दोस्रो तलासमेत हामीले प्रयोग गर्दै आएका छौँ, नागरिकले एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा पाएका छन्, जिल्ला अदालतको भवन नयाँ र फराकिलो भएकाले सेवा दिनलाई कुनै समस्या छैन ।”

रजिष्ट्रार भुसालका अनुसार ३० महिनाभित्रै उच्च अदालतको भवन पुनःनिर्माण सक्ने गरी अहिले धमाधम काम भइरहेको छ । अहिले उच्च अदालतको भवन निर्माणका लागि पुरानो जीर्ण भवन भत्काएर नयाँ भवनका लागि जग खन्ने कार्य सम्पन्न भइसकेको छ ।

अदालतको मुख्य भवन तथा आवास निर्माणका लागि रु ५७ करोड ४२ लाखमा काठमाडाँैस्थित श्यामसुन्दर पशुपति जेभीले ठेक्कामार्फत काम थालेको हो । उक्त इजलासको भवन पुनःनिर्माण गर्न बजेट अभावका कारण सात वर्षपछि मात्रै थालिएको त्यहाँका मुख्य न्यायाधीश कृष्ण गिरीले जानकारी दिनुभयो ।

भूकम्पपछि जिर्ण भवन प्राविधिक दृष्

प्रतिक्रिया दिनुहोस्

Array