प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ , शुक्रबारदेखि नेपाल दन्त सामाग्री÷वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ ।

दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा मेला आयोजना हुने भएको हो । नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिग्राम अर्यालले मेलाले अस्पताल, क्लिनिक, प्रयोगशाला तथा सम्पूर्ण पेसाकर्मीलाई गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “मेलामा नेपालसँगै विभिन्न देशका एक सय ब्राण्डका प्रतिनिधिको ७० कक्ष हुनेछ ।”

यही पुस २२, २३ र २४ गते सञ्चालन हुने मेलामा दन्त चिकित्सको सम्मेलनसमेत हुनेछ । एसोसियसनका केन्द्रीय सदस्य हरि वलीले नेपालका १३ र विभिन्न देशका पाँच दन्त चिकित्सकका विशेष सोधपत्रलगायत शैक्षिक प्रस्तुति हुनेछ भन्नुभयो । मेलामा देशभरबाट एक हजारभन्दा बढी चिकित्सक, विद्यार्थी तथा तीन हजार दन्त सामग्री वितरक सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

[gs-fb-comments]