उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको थियो । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आउनुभएको थियो ।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array