दोश्रो भारतीय अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा धर्मस्थली डोजाङका दिपेन प्रथम हुंदै नेपालको नाममा जिते पदक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ पुष २०७९, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । दोश्रो भारतीय अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको पुरुष तर्फ ८० केजी मुनीको खेलमा तारकेश्वरको धर्मस्थली तेक्वान्दो डोजाङका सह प्रशिक्षक दिपेन गुरुङ प्रथम भएका छन् ।
भारतको नयाँ दिल्ली स्थीत ताल्काकोतार रंगसालामा डिसेम्बर २४ र २५ मा भएको खेलमा ६ देशका खेलाडीहरुलाई पराजीत गदै दिपेनले नेपालको नाममा पदक ल्याउनु भएको छ । खेलमा नेपाल सहित भारत, बंगलादेश, मलेसीया, कोरीया, कङगोका खेलाडीहरु सहभागी रहेका थिए ।

No description available.
त्यस्तै उक्त प्रतियोगिताको समुह खेलमा समेत दिपेन प्रथम भएका छन् । नुवाकोटको तादी ३ टुटुङ स्थायी घर भई तारकेश्वर नगरपालिका ६ धर्मस्थलीमा बसोबास गदै आइरहेका २५ बर्षिय दिपेनले नेपालकै नाम राख्दै दुईवटा अन्तराष्ट्रिय पदक जित्दा राज्यका निकाय भने बेखबर जस्तै बनेका छन् । अन्तराष्ट्रिय प्रतियोगिताबाट पदक जितेका दिपेन नेपाल र्फकिसक्नु भएको छ । धर्मस्थली तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक सानुबाबु महर्जनका अनुसार तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले पदक बिजेता दिपेनलाई बधाई दिंदै नगरपालिकाले बिजेता खेलाडीलार्ई चाँडै सम्मान गर्ने बताउनुभएको छ ।
दिपेनले यस अघि नेपालका केन्द्र, प्रदेश र स्थानीय स्तरका दर्जनौं खेलमा पदक जित्न सफल हुनुभएको छ । साथै नवौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि ८० केजी मुनीमा समेत दिपेन छनौंट हुनुभएको थियो । पदक बिजेता दिपेन र धर्मस्थली तेक्वान्दो डोजाङलाई सगरमाथा पोष्टको तर्फबाट हार्दिक बधाई छ ।

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array