विपी र मदनभण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ पुष २०७९, शनिबार
2 Min Read
Aa

सिन्धुली, सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।

निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । “बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका छ, सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौँ”, उहाँले भन्नुभयो ।

बाग्मती प्रदेशको सहयोगमा आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का प्रक्रियामार्फत बसपार्कको निर्माण कार्य अगाडि बढाइएको थियो । बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्याङ्गर, यात्रु प्रतीक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ । एक सय ५० सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण गरिएको उहाँले बताउनुभयो ।

आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन् । विपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको सङ्गम भिमानमा बसपार्कको आवश्यकता थियो । यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरेको हो ।

कार्यालय प्रमुख घिमिरेका अनुसार आव २०७७÷७८ मा प्रदेश सरकारले रु एक करोड बजेट उपलब्ध गराएकामा रु ९८ लाख ९६ हजार २७ को निर्माण कार्य भएको थियो । आव २०७८÷७९ मा रु तीन करोड ३० लाख रकम आएकामा रु तीन करोड १७ लाख ७२ हजार चार सय ६८ को निर्माण कार्य गरिएको थियो ।

आव २०७९÷८० मा रु ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ । उक्त रकमले बसपार्कमा बगैंचा बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र चौबिसै घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ती जडान गरिने लगायतका छुटेका निर्माण कार्य सक्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array