नक्कली नोट सहित पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा ( नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताउनुभयो । उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array