सन्दीपलाई किन छाडियो ? कारण यस्तो रहेछ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिह ागर्न आदेश दिएको छ ।उच्च अदालतले दिएको आदेशमा भनिएको छ, “कतिपय प्रमाणहरुसमेत बुझिसकिएको अवस्था छ । प्रतिवादीले परिवर्तित २६ लाई प्रतिकूल बकपत्र गर्नको लागि दबाब दिने वा प्रभाव पार्न सक्ने सम्भावना वा आशंकाको प्रसंग पनि अब असान्दर्भिक भइसकेको छ । प्रतिवादी मानसिकरुपमा तनावको अवस्थाबाट गुज्रिरहेको भनी यस इजलाससमक्ष बहसको क्रममा उल्लेख गरिएको प्रसंगमा पनि यस इजलासको ध्यान गएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसूर गरेको देखिएको अवस्थामा पनि प्रतिवादीलाई मुद्दाको पुर्पक्षको क्रममा थुनामा राख्नुपर्ने अनिवार्य अवस्था देखिनुपर्नेमा माथि नै विश्लेषण गरिसकिएको छ ।”फौजदारी न्यायशास्त्रको मान्यताअनुसार अभियुक्तलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न दिनु उपयुक्त हुने अवस्था देखिएकोमा थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने आदेशमा उल्लेख छ ।

प्रस्तुत घटना र घटनापछिको शृङ्खलाजन्य परिस्थितिसमेतलाई विचार गर्दा प्रतिवादीलार्य मुद्दाको पुर्पक्षको लागि थुनामा राखिरहनु उपयुक्त नदेखिएको अदालतको ठहर छ ।त्यसैले यसअघि जिल्ला अदालतबाट भएको आदेशलाई बदर गरिएको उच्च अदालतको आदेशमा उल्लेख छ ।बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।दोहाबाट कतार एयरवेजको विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई पक्राउ गरिएको थियो ।सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको थियो ।काठमाडौंको होटल इनमा भदौ ५ गते राति आफूलाई पटक पटक बलात्कार गरेको एक किशोरीको उजुरीपछि विदेशमा रहेका सन्दीपलाई पक्राउ गर्नको लागि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीपविरुद्ध काठमाडौंमा उजुरी परेको थियो । प्रहरीले प्रमाणका रुपमा होटलको सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटलका कर्मचारीके बयानलाई पनि समेटेको थियो ।सन्दीपले यसअघि काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूलाई सिलसिलारुपमा फसाउन खोजिएको बताएका थिए ।सन्दीप पक्राउ पर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array