वेत्रावतीमा आज नौ हल गोरु जुधाईने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

रसुवा- आज मकर संक्रान्ति तथा माघे संक्रान्ती पर्वका अवसरमा नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने गोरु जुधाई जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ ।

करिब एक सय पचास बर्ष पहिले नुवाकोट तारुकाबाट सुरु गरिएको गोरु जुधाई जात्रा अहिले सांस्कृतिक पर्वकै रुपमा बिभिन्न जिल्लामा मनाउन लागिएको छ ।

चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व गोरुको घमासान घम्साघम्सी भएको मनोरञ्जन लिन रसुवा र नुवाकोट जिल्लाको सिमाना रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा बर्षौ देखि हजारौंको संख्यामा मानिसहरु आउने गरेका छन् ।

आज बेत्राबतीमा नौ हल गोरु जुधाईने गोसाईकुण्ड युवाक्लबले जनाएको छ भने जिल्लाभर पचास हल भन्दा बढी गोरुजुधाई हुने आयोजकहरुले बताएका छन् ।

गोरु पाल्ने किसानहरूको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा आन्तरिक एवं वाह्य पर्यटनमा बृद्धि गर्दै मौलिक संस्कृति, परम्पराको जर्गेनामा समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुका चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेको विश्वास गरिन्छ ।

विसं १८४९ असोज १७ गते नेपाल र चीनबीच वेत्रावतीमा भएको सन्धीको खुसियाली तथा बेत्रावती सन्धीको सम्झनालाई जिवन्त राख्न गोरु जुधाउने परम्पराको सुरु भएको स्थानीयको भनाइ छ ।-

प्रतिक्रिया दिनुहोस्

Array