विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवारबाट शव पहिचान गराइँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

पोखरा — पोखरामा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव वर्गीकरणको काम सकिएको छ । काठमाडौंस्थित शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलीको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम भर्खर सकिएको हो ।

यस्तै सनाखत गर्न मिल्ने शवको परिवारबाट पहिचान गराउने प्रक्रिया अगाडि बढेको पनि अस्पतालले जनाएको छ । शवलाई परिवारले पहिचान गरेपछि शवको पोस्टमार्टम गराइने छ ।

कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भए पनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणका लागि काठमाडौं लैजानु पर्ने बताइएको छ । यस क्रममा पत्रकार त्रिभुवन पौडेलको शव भने परिचयपत्रका आधारमा सनाखत भए पनि थप सनाखतका लागि डीएनए परीक्षण गर्न काठमाडौं लैजानु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array