अत्याधुनीक सुविधा सहित शुभम इन्टरनेश्नल अस्पताल सञ्चालन हुंदै, आज देखि तिन दिन निशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ माघ २०७९, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु लोकतान्त्रीक चोकमा रहेको शुभम इन्टरनेश्लन अस्पताल अत्याधुनीक सुविधा सहित सुचारु हुने अन्तीम चरणमा रहेको छ ।
गोंगबु नयाँ बसपार्क देखि १ किलोमिटर उत्तर तर्फ मनमैजु लोकतान्त्रीक चोकमा रहेको शुभम इन्टरनेश्नल अस्पतालको भौतिक संरचनाहरु तयार भई अस्पतालका कोठाहरुमा सामान फिट गर्ने तथा मेसिन/उपकरणहरु जडानका कामहरु भइरहेको अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले बताउनुभयो । तारकेश्वर नगरपालिकाले सुभमलाई १५ बेड सञ्चालनका लागि स्वीकृति दिएको छ । तर अस्पतालले भने १ सय बेड सम्मको अस्पताल सञ्चालन गर्ने लक्ष्य सहित भौतिक संरचनाहरु तयार गरेको छ । अस्पतालको दुईवटा अत्याधुनीक भबन, एउटा प्रशासनीक भवन, बिरामी कुरुवाहरुका लागि राम्रो बस्ने व्यवस्था र पर्याप्त पार्कीङ समेत रहेको छ ।
अध्यक्ष डा केसीका अनुसार अस्पतालले पहिलो चरणमा थोरै बेड, ओपीडी, इमरजेन्सी र डाइगोनेष्टीक लगायत सेवा सुरु गर्ने छ । पछि बिरामीको चाप अनुसार थप सुविधा र अस्पतालले बेडको संख्या बढाँउदै लगिने डा. केसीले बताउनुभयो ।
अस्पतालमा बिभिन्न पेशा व्यवसायमा सफल रहनु भएका १९ जना युवा देखि अनुभवी व्यक्तित्वहरुको सेयर लगानी रहेको छ ।
अस्पतालले अनुभवी विशेषज्ञ डक्टर सहित ए लेभलको ल्याब, अत्याधुनीक डाइगोनोष्टीक सेवा, अस्पतालको आफ्नै फार्मेसी सहितको सेवा दिने शुभम इन्टरनेश्नल अस्पतालका निर्देशक डा प्रदिप विक्रम सिंहले बताउनुभयो ।

May be an image of 11 people and people standing
अस्पतालमा चिकित्सक संघका पुर्व अध्यक्ष समेत रहनु भएका बरिष्ठ फिजिसियन डा. केदार नरसिंह केसी, युरोलोजिष्ट डा. प्रदिप विक्रम सिंह, अर्थेपेडिक्स डा. तोयाराज भट्ट, डा सुनील सिंह थापा, र्डमटोलोजिष्ट डा स्वेता राई सहितका चिकित्सा क्षेत्रका ख्यातीप्राप्त डक्टरहरुले अस्पतालबाट सेवा दिनुहुने छ ।
शुभम इन्टरनेश्नलमा अन्य अस्पतालको तुलनामा सुपथ रुपमा गुणस्तरीय सेवा र अनुभवी डक्टरहरुको सेवा लिन सकिने अस्पतालका सञ्चालक सदस्य एवं जनसम्पर्क संयोजक सरोज केसीले बताउनुभयो ।
यसै बिच, शुभम इन्टरनेश्नल अस्पतालले सेवा सुचारु गर्ने पुर्वसन्ध्यामा माघ २ गते देखि निशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । अस्पतालको भबनमा सुरु भएको यस सेवा ३ दिन सम्म रहने छ । स्वास्थ्य परिक्षण सेवामा अनुभबी डक्टरहरुले बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गर्ने छन् ।
यता, पुर्व मन्त्री, नेपाली काँग्रेसका प्रभावशाली नेता मा. अर्जुन नरसिंह केसी सहित विशिष्ट व्यक्तिहरुले सञ्चालनको तयारीमा रहेको शुभम इन्टरनेश्नल अस्पतालको भबन तथा कक्षहरुको निरिक्षण गर्नुभएको छ । निरिक्षणको क्रममा केसीले गुणस्तरीय स्वास्थ्य सेवा दिएर नागरीकको सेवामा लाग्न अस्पताललाई सुझाब दिनुभएको थियो ।

May be an image of 13 people and people standing
सो अवसरमा संविधान सभा सदस्य जगदिश्वर नरसिंह केसी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. केदार नरसिंह केसी, अस्पतालका निर्देशक डा. प्रदिप बिक्रम सिंह, सञ्चालक सदस्य सरोज केसी, श्याम ढुंगाना, मिलन बज्राचार्य,रमेश लामिछाने, तारकेश्वर १० का अध्यक्ष कुमार राई, टोखा नगरपालिका ९ का अध्यक्ष रामभक्त घिमिरे, नेपाली काँग्रेस तारकेश्वर गाँउपालिकाका सभापति केशव अर्याल, शिवपुरी रेडक्रस सोसाइटीका अध्यक्ष भिमसेन खडका, बेलकोटगढी नगरपालिकाका वडा अध्यक्ष रामचन्द्र तिमिल्सीना, हिरा महर्जन, काँग्रेसका युवा नेता राजु रानाभाट, सहितले अस्पतालको निरिक्षण गर्नुभएको थियो ।

May be an image of 8 people and people standing

May be an image of 5 people, people sitting and indoor

प्रतिक्रिया दिनुहोस्

Array