काभ्रेस्थलीको शृजनशिल कृषि समुहको आयोजनामा एक दिने लहरेबाली तथा गोलभेडा खेती तालिम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीको शृजनशिल कृषि समुह द्धारा आयोजना गरिएको लहरेबाली तथा गोलभेडा खेती बिषयमा १ दिने आधारभुत तालिम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ्ग तल्लो फाटमा कृषकको फिल्डमानै आयोजना गरिएको तालिममा तारकेश्वर नगरपालिका भित्रका ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रमुख उदघाटन गदै प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको कृषि शाखा प्रमुख मिना कुमारी थापाले कृषि शाखाको तर्फबाट कृषकलाई आइपर्ने हरेक किसिमको समस्याहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No description available.
समूह अध्यक्ष दुर्गा ब रोकायाले गुणस्तरीय तरकारी उत्पादन गर्न यस्ता तालिमहरुले कृषकहरूमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
समुहका सचिब राजु भण्डारीले एक दिने तालिमले त्यति ठूलो प्रभाव पार्न नसके पनि जान्दै नजान्नु भन्दा केही जानेर खेती गर्नु राम्रो हुने बताउनुभयो । भण्डारीले समुहको यो पहिलो प्रयास रहेको बताँउदै यस्ता तालिम कार्यक्रमहरु आगामी दिनहरुमा पनि आयोजना गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई हरिहर काफ्ले र मिना कुमारी थापाले लहरेबाली तथा गोलभेडा खेती सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
एक दिने आधारभुत तालिम भए पनि तालिम निक्कै उपलब्धिमुलक भएको प्रशिक्षणमा सहभागी किसानहरुले प्रतिकृया दिनुभयो ।
सहभागी को तर्फबाट प्रतिकृया छिरिङ तामाङले माटोको गुणस्तर नर्सरी निर्माण मलखाद ब्यबस्थापन रोगकिरा नियन्त्रण लगायतका कुराहरुको बारेमा जान्ने मौका मिलेको बताउनुभयो ।

No description available.
तालिममा सहभागीहरुलाई कापी, कलम, खाजा तथा प्रशिक्षक भत्ता साथै प्रमाणपत्र खर्च समुहले नै ब्यबस्थापन गरेको समूहकी कोषाध्यक्ष काशिमाया गुरुङले बताउनुभयो ।

कृषि समुहका सचीव राजु भण्डारी संचालन गरेको तालिममा समापन पश्चात् प्रमुख अतिथी तारकेश्वर नगरपालिकाकी कृषि शाखा प्रमुख मिना कुमारी थापा तथा प्रशिक्षक हरिहर काफ्लेबाट सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तारकेश्वर २ मा कृयाशील शृजनशिल कृषि समुहमा २६ जना सदस्य रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

df

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array