प्रचण्ड नेतृत्वको यस्तो छ २३ सदस्यीय क्याबिनेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी रहँदा २३ जना मन्त्री र राज्यमन्त्रीले शपथग्रहणसँगै कार्य विभाजन समेत पाएका छन् ।

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।दाहालको मन्त्रिपरिषद्का २३ जनामध्ये १५ जना नयाँ अनुहार हुन् ।

कसले के मन्त्रालय पाए हेर्नुहोस् ।

 

क्र.सं.

नाम, थर
कार्य विभाजन
प्रधानमन्त्री
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वन तथा वातावरण ,युवा तथा खेलकुद
उपप्रधानमन्त्री
श्री विष्णुप्रसाद पौडेल अर्थ
श्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात
श्री रबि लामिछाने गृह
श्री राजेन्द्रप्रसाद लिङ्देन ऊर्जा, जलस्रोत तथा सिँचाई
मन्त्री
श्री रेखा शर्मा सञ्‍चार तथा सूचना प्रविधि
श्री विक्रम पाण्डे सहरी विकास
श्री ज्वाला कुमारी साह कृषि तथा पशुपंक्षी विकास
श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति
१० श्री राजेन्द्र कुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११ श्री अब्दुल खान खानेपानी
१२ डा. विमला राई पौड्याल परराष्ट्र
१३ श्री पदम गिरी स्वास्थ्य तथा जनसङ्‌ख्या
१४ श्री भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५ श्री हरिप्रसाद उप्रेती रक्षा
१६ श्री सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७ श्री अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८ श्री शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि
१९ श्री डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२० श्री ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला
राज्यमन्त्री
२१ श्री सुशिला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२ डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्या
२३ श्री दिपक बहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाई
Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array