लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ माघ २०७९, बुधबार
0 Min Read
Aa

लुम्बिनी , लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराउनुभएको हो । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array