तारकेश्वर नगरपालिकाले थाल्यो स्वास्थ्य संस्थाहरुको अनुगमन, मेडिकलको ज्ञानै नभएको स्टाफको भर क्लिनीक चलेको भेटीयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०७९, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाले नगरपालिका भित्र सञ्चालनमा रहेका फार्मेसी, पोलिक्लिनिक, ल्यावहरुको अनुगमन सुरु गरेको छ । ति संस्थाहरुका बारेमा जनताले गुनासो गरेपछि नगरप्रमुख कृष्ण हरि महर्जनको निर्देशनमा अनुगमन थालिएको हो ।
तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा नगर स्वास्थ्य अनुगमन समितिका संयोजक विनोद कुमार शाहको संयोजकत्वमा हिजो तारकेश्वर नगरपालिका ८ जरङखुका ६ वटा फार्मेसी, पोलिक्लिनिक, ल्यावहरुको अनुगमन गरिएको हो ।

May be an image of 5 people and people standing
अनुगमनको क्रममा तारकेश्वर नगरपालिका ८ जरङखुमा सञ्चालीत भाग्य लक्ष्मी माई एण्ड डेन्टल क्लीनले कम्पनी रजिष्टर कार्यालय बाहेक अन्त कतै दर्तानै नगरी सञ्चालन गरिरहेको तथा जनताको स्वास्थ्य माथी गम्भीर खेलबाड गरेको भेटीएपछि तत्काल बन्द गरिएको अनुगमन समितिका सदस्य एवं तारकेश्वर नगरस्वास्थ्य शाखाका गणेश कुवंरले बताउनुुभयो ।
क्लिनीक औषधी व्यवस्था बिभाग तथा स्थानीय निकायमा समेत अनिवार्य रुपमा दर्ता गर्नुपर्ने हुन्छ । तर सो क्लिीनकले कम्पनी रजिष्टर बाहेक अन्त कतै दर्तानै नगरी सञ्चालन गरीरहेको भेटीयो अनुगमन समितिका सदस्य एवं नगर स्वास्थ्य शाखाका कुंवरले भन्नुभयो “क्लिनीकले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड गदै मिति सकिएको केमिकल र दुखाई कम गर्ने औषधी समेत बिक्री गरेको भेटिएपछि हालका लागि बन्द गरेर बिभाग र नगरपालिकाको स्वास्थ्य शाखामा दर्ता गरेर मात्र सञ्चालन गर्ने गरी हाललाई बन्द गर्न अनुरोध गरेका छौं”

May be an image of 4 people and people standing
कुंवरका अनुसार उक्त क्लिनीक भाग्न नारायण शाहको नाममा दर्ता भएपनि मेडिकल क्षेत्रको कुनै ज्ञानै नभएका स्टाफको भरमा सञ्चालन भइरहेको पाएपछि तत्काल एक्सन गरिएको हो । क्लिनीकले स्वास्थ्यका न्युनतम मापदण्ड समेत पुरा नगरेको कुवरे बताउनुभयो । उहाँले भन्नुभयो “क्लिनीकको कोठामा बेडमात्र राखिएको छ, हावा पास हुने भेन्टीलेसन समेत छैन् भित्र पस्दा उकुस मुकुस हुने, त्यस्ता क्लिनीकमा जनताले कसरी सेवा लिइरहेका छन् अचम्मती भयौं”
अनुगमन समितिले जरङखुको रोजक औषधी पसल, बंगलामुखी पोलिक्लिनीक, विनाशा मेडिकल हल, अवत्रिका फर्मेसी, डोर्फ हेल्थ केयर सेन्टर र भाग्य लक्ष्मी माई एण्ड डेन्टल क्लिनीकको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्राय सबै फार्मेसी, पोलिकिनिक, ल्यावमा सम्बन्धित व्यक्ति नबसेको, व्यवसाय दर्ता तथा नविकरण नगरिएको,स्वास्थ्य मापदण्ड नअपनाईएको पाईएको तारकेश्वर नगर स्वास्थ्य शाखाका भरत पाण्डेले बताउनुभयो ।

May be an image of 5 people and people standing
अनुगमनका क्रममा समस्या देखिएका त्यस्ता पसलहरुलाई पहिलो चरणमा सचेत गराउने काम गर्नुको साथै १५ दिन भित्र स्वास्थ्य शाखाबाट आवाश्यक स्वीकृति लिई सम्बन्धीत निकायमा दर्ता गराई संचालन गर्नहुन समेत पत्र जारी गरिएको अनुगमन समितिका संयोजक एवं तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । शाहले नगरपालिकाबाट अनुगमन कार्यलाई निरन्तरता दिने बताँउदै अनुगमनले स्वास्थ्य सेवाको गुणस्तर बढ्दै जाने अपेक्षा गरिएको बताउनुभयो ।
अनुगमनमा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष एवं अनुगमन समितिका सदस्य परशुराम अर्याल, डा लक्ष्मी घिमिरे, डा नकुल पौडेल, डा उमेश बोगटी, श्याम कृष्ण महर्जन, नगर प्रहरी र नगरस्वास्थ्य शाखाको टिम रहेको थियो । अनुगमन समितिले अव ११ वटै वडाका स्वास्थ्य संस्था, फार्मेसी, पोलिक्लिनिक र ल्यावहरुको अनुगमन गर्ने बताएको छ ।

May be an image of 5 people, people standing and indoor

d

प्रतिक्रिया दिनुहोस्

Array