प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ ,प्रतिनिधिसभाको सभामुख पदका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ ।

प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा ९एमाले०का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछाने हुनुहुन्छ ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का नेता प्रकाश ज्वाला हुनुहुन्छ । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ(आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array