शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौँ,  राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन ढोका खुल्ला भएको धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुनेछ ।”

नेपाली कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकता आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिनछ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई–टिकटको व्यवस्था गरियोस् ।”

एमालेका तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले भूगोलका आधारमा जनसङ्ख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचार न्यूनीकरण र सुशसान कायम गर्नु आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ ।”

नेकपा (एकीकृत समाजवादी)का गरिमा शाह नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीरुपमा राष्ट्रिय सरकारकारुपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार सुशासन दिन सक्षम हुनेछ, मुलुकलाई समृद्धिमा लैजाने ठूलो अवसर मिलेको कुरा प्रधानमन्त्रीले प्राप्त मतले पुष्टि गरेको छ ।”

एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हवाई यात्रालाई विश्वासनीय र परपर्दाे तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न आवश्यक छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे नीति र विधि अधुरो रहेकाले प्रदेश सरचना अझै अस्तव्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको शान्ति सुव्यवस्थामा खटिएका नेपाल प्रहरीको आफ्नै व्यवस्थापन निकै अप्ठ्यारोमा छ, त्यसमा सुधार आवश्यक छ, राहदानी वितरणमा पनि सहज र सरल हुनुपर्छ ।”

नेपाली कांग्रेस शारदादेवी भट्ट देशमा सबैभन्दा बढी पीडामा किसान रहेकाले उनीहरुलाई खेतीपातीमा सहयोग पु¥याउन समयमै मलखाद्य उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारलाई काम गर्न दिएन, गर्न सकिएन भन्ने छुट छैन, सबैले निकै आशा र भरोसा राखेका छन् ।”

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले काठमाडाकै टुँडिखेल मिचिएको तथा प्रतिपक्षमा रहेपनि कांग्रेसको काँधमा अहिले पनि सबैखाले शक्तिलाई मिलाएर अघि बढनुपर्ने दायित्व रहेको बताउनुभयो ।

माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामीले वर्तमान सरकार गठनपछि राजनीति दलप्रति जनताको निकै आशा र भरोसा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकास, समृद्धि, सुशासन र भ्रष्टचार नियन्त्रणका लागि दलहरुबीच राष्ट्रिय एकता, सहकार्य र सहमति आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

Array