राष्ट्रिय नवप्रवर्तन सम्मेलन माघ १० मा हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ,  नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा आगामी माघ १० गते मङ्गलबार सम्मेलन आयोजना हुन लागेको हो । प्रतिष्ठानले हिजो पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र यससम्बन्धी नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा ईश्वर बज्राचार्यले देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, यससम्बन्धी प्रतिभालाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास लिएको उहाँको भनाई छ । डा बज्राचार्यले सम्मेलनमा यस क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताउनुभयो । प्रतिष्ठानका विषय प्राविधिक डा रवीन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवर्तकहरुलाई आफ्नो काममा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनले अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हाँसिल गर्न, नवप्रवर्तनका प्रतिभालाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्न सहयोग गर्ने बताउनुभयो ।

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई एक ठाउँमा ल्याउने उदेश्य राखेको आयोजकले बताएको छ । देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उदेश्यले सुरु गर्ने सम्मेलनमा सातै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्