माओवादीले बोलायो स्थायी समिति बैठक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेकोपछिको अवस्था, पार्टीका बाँकी कामलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array