निर्यात प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : अर्थमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो ।

महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पु¥याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो ।

महासङ्घका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय मेला आयोजना हुन सके नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा चिनाउन मद्दत पुग्ने बताउनुभयो । मेलामार्फत् नेपाली कला, संस्कृति, खाद्य परिकार प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब रू १९ करोड आठ लाख खर्च लाग्ने महासङ्घको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Array