प्रमको मुख्य राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुख्य राजनीतिक सल्लाहकारमा हरिबोलप्रसाद गजुरेल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को यही माघ ४ गतेको बैठकले मन्त्रिस्तरको मर्यादा र सुविधा पाउनेगरी गजुरेललाई मुख्य राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहनुभएका गजुरेल यसअघि प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । माओवादीभित्र पुराना र वैचारिक नेताको परिचय बनाउनुभएका नेता गजुरेलले यसअघि कृषिमन्त्रीको समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array