तारकेश्वरकै सर्वाधीक पुरस्कार राशी रहेको “प्रथम मेयर रनिङसिल प्रतियोगिता” माघ १२ गते देखि हुने, १९ सय खेलाडी मैदानमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० माघ २०७९, मंगलवार
3 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाकै सर्वाधीक पुरस्कार राशी रहेको प्रथम मेयर रनिङसिल प्रतियोगिता २०७९ यहि माघ १२ गते देखि हुने भएको छ ।
खेलकुंदका राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा तारकेश्वर नगरपालिकाबाट खेलाडीहरुको प्रतिनिधित्व गराउने लक्ष्य सहित नगरप्रमुख कृष्ण हरि महर्जनको सक्रियतामा प्रतियोगिता हुन गइरहेको हो ।
तारकेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यहि माघ १२ गते देखि १४ गते सम्म प्रतियोगिता हुन लागेको हो । पाँच बिधामा हुन गइरहेको खेलकुंद प्रतियोगितामा तारकेश्वर नगरपालिकामा सञ्चालीत ३४ वटा सामुदायीक र संस्थागत विद्यालयका १९ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहने खेलकुंद कार्यक्रमका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले बताउनुभयो ।
प्रतियोगिताको प्रथम बिजेता टिमले रु १ लाख नगद सहित स्वर्ण पदक प्राप्त गर्ने छन् । त्यस्तै द्धितिय बिजेताले रजत पदक सहित नगद रु ६० हजार, तृतीय पुरस्कार बिजेता टिमले कास्य पदक सहित नगद रु ४० हजार र सान्त्वना जित्ने टिमले प्रमाणपत्र सहित नगद रु २० हजार पाउने छन् ।
प्रतियोगिताको नगरप्रमुख कृष्ण हरि महर्जनबाट यहि माघ १२ गते १२.३० बजे तारकेश्वर ८ टुसाल चौरमा उदघाटन हुने छ भने समापन कार्यक्रम माघ १४ गते ३ बजे ग्राम सेवा मावि धर्मस्थलीमा हुने छ ।
कुन कुन विधाम हुंदैछ प्रतियोगिता ?
प्रतियोगिता बिभिन्न पाँच विधामा हुनेछन् । जस अनुसार फुटबल, भलीबल र कवडी खेल हुने छ । त्यस्तै मार्सल आर्ट अन्तर्गत टेक्वान्डो, कराँते र उसु प्रतियोगिता हुने छन् । त्यस्तै ट्रयाक एण्ड फिल्ड अन्तर्गत हाइजम्प, लङजम्प, भारातोलन र ज्याभ्लीङ थ्रो साथै १ सय, २ सय, ४ सय र ८ सय मिटर दौड हुने छन् । यि सबै खेलमा छात्र र छात्राका टिमहरु बिच प्रतिष्पर्धा हुने छ ।
कहाँ कहाँ हुंदै छ प्रतियोगिता ?
प्रथम मेयर रनिङसिल प्रतियोगिता २०७९ तारकेश्वर नगरपालिकाका बिभिन्न खेलमैदा, स्कुलका हुने छन् भने दौड प्रतियोगिता भने सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको खेल मैदानमा हुने छन् । जस अनुसार फुटबल टुसाल खेल मैदान डाँडागाँउमा हुनेछ । त्यस्तै भलिबल एन्जल्स हार्ट स्कुल तारकेश्वर १०, कवडी र टाइकन्डो ग्राम सेवा मावि धर्मस्थली, कराँते र उसु तारकेश्वर ९ को मनमैजु कवर्ड हल, फिल्ड अन्तर्गतको खेल गोलढुंगा खेल मैदानमा हुनेछन् । फिल्ड अन्तर्गतका सम्पुर्ण दौड प्रतियोगिताहरु भने सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको खेल मैदानमा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array