तेस्रो प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताका लागि तारकेश्वरका खेलाडी छनौट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ माघ २०७९, बुधबार
2 Min Read
Aa

जैसीदेवल युथ क्लबद्वारा आयोजित तेस्रो प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०७९ का लागि तारकेश्वर नगरपालिकाले खेलाडी छनौट गरेको छ ।
विभिन्न तौलसमूहअन्तर्गतमा सहभागी हुने खेलाडीहरुको छनौट तारकेश्वर नगरपालिका भित्रका सम्पूर्ण डोजाङ र स्कुलबाट खेलमा सहभागीहरुबाट छनौट भएको हो । उक्त छनौट तारकेश्वर नगर तेक्वान्दो कार्य समिति र तारकेश्वर नगरपालिकाको संयुक्तरुपमा भएको हो । नगरपालिकाभित्रका फाइट (स्प्यारिङ) अन्तर्गत पुरुष ८वटा तौलसमूह र महिला ८वटा तौल समूह, पुम्सेमा एकलतर्फ १ महिला १ पुरुष र युगलतर्फ एक जोडी गरी २० जना खेलाडी छनौट गरिएको छ ।

No description available.
उक्त प्रतियोगितामा छनौट भएका सहभागी खेलाडीहरुमा पुरुषतर्फ २५—२८ के.जी. तौलसमूहअन्तर्गत आया राय, २८—३१ के.जी. तौलसमूहमा विनोद तामाङ ३१—३४ के.जी. तौल समूहमा रोजन घले, ३४—३८ के.जी. तौल समूहमा युडिन लामा, ३८—४२ के.जी. तौल समूहमा पुरन तामाङ, ४२—४६ के.जी. तौल समूहमा टार्जन तामाङ, ४६—५० के.जी. तौलसमूहमा राजेश खत्री, ५०—५४ के.जी. तौल समूहमा शिवबहादुर दर्लामी रहेका छन् । त्यस्तै महिलातर्फ २३—२६ के.जी. तौलसमूहमा खुसी गुरुङ, २६—२९ के.जी. तौलसमूहमा रीतु घले, २९—३२ के.जी. तौलममूहमा शिखा घले, ३२—३५ के.जी. तौल समूहमा सोमिया गुरुङ, ३५—३८ के.जी. तौलसमूहमा जमुना मगर, ३८—४२ के.जी. तौलसमूहमा कुमारी तामाङ, ४२—४६ के.जी. तौलसमूहमा सुमिस्ता तामाङ, ४६—५० के.जी.तौलसमूहमा प्रिया तामाङ रहेका छन् । यसैगरी पुन्से महिला सिंगलतर्फ कुन्जिता गुरुङ, पुरुष सिंगलतर्फ समीर थापा मगर, जोडी पुन्सेतर्फ गंगा मगर र सुबिम लामा छनौट भएका छन् ।
उक्त खेलमा सिनियर टिम मेनेजर २ जना, सिनियर टिम कोच ३ जना, कोच ३ जना र स्वास्थकर्मी २ जना गरी १० जना सहभागी हुने छन् । छनौट कार्य तारकेश्वर तेक्वान्दो कार्य समितिका अध्यक्ष विक्रम खड्गीको अध्यक्षतामा सम्पन्न भएकोे थियो । सो छनौट प्रतियोगिताम सिनियर गुरुहरुको पनि उपस्थिति थियो । उक्त खेल यही माघ १२ देखि १४ गतेसम्म सञ्चालन हुने छ ।

No description available.

No description available.No description available.

s

प्रतिक्रिया दिनुहोस्

Array