तारकेश्वरको खेल इतिहाँसमानै सर्वाधीक खेलाडीको सहभागीता रहेको “प्रथम मेयर रनिङसिल प्रतियोगिता”सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०७९, शुक्रबार
6 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाको आयोजनामा आज देखि प्रथम मेयर रनिङसिल प्रतियोगिता सुरु भएको छ । तारकेश्वर नगरपालिकाको बिभिन्न खेलमैदान सहित सशस्त्र प्रहरी मुख्यालय हलचोकमा समेत हुने यस खेलकुद प्रतियोगिता माघ १४ गते सम्म चल्ने छ ।
तारकेश्वर नगरपालिकाको इतिहाँसमानै पहिलो पटक हुन गइरहेको प्रथम मेयर कप रनिङसिल प्रतियोगिताको तारकेश्वर नगरपालिका वडा नं ८ टुसालचौरमा एक भव्य समारोहका बिच नगरप्रमुख कृष्ण हरि महर्जनले बेलुन उडाएर उदघाटन गर्नुभयो । उदघाटन समारोहमा तारकेश्वरका नागरिक समाज, स्थानीयबासी, जनप्रतिनिधि र खेलाडी सहितको ठुलो उपस्थीति रहेको थियो ।

No description available.
कार्यक्रमको उदघाटन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले प्रथम मेयर रनिङसिल प्रतियोगिता मार्फत तारकेश्वर नगरपालिकासंगै समग्र नेपाललाईनै पहिचान दिन सक्ने खेलाडीको खोजीमा रहेको बताउनुभयो ।
प्रथम मेयर रनिङसिल प्रतियोगिता सुरुवाती दिनमा नगरवासीको उत्साहजनक साथले थप हौसला मिलेको बताँउदै नगरप्रमुख महर्जनले आगामी दिनमा खेलकुको विकास र विस्तारका निम्ती थुप्रै कार्यक्रम ल्याइने बताउनुभयो ।
जनतालाई आश्वासन मात्र होइन काम गरेरै बिगतका प्रतिबद्धता पुरा गराउन लागि परेको बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकाले जनतालाई स्वच्छ पिउने पानी, करको दर घटाएर दायरा बढाउन, शिक्षा, खेलकुद लगायतका धेरै बिषयहरुमा कामहरु अगाडी बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख महर्जनले टुसालचौरलाई राष्ट्रिय स्तरको खेलमैदान बनाउन र स्तरउन्नतीको लागि नगरपालिकाले एक करोड बजेट बिनियोजन र अर्को बर्ष थप रकम बिनियोजन गरेर स्टेडियम बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाका सामुदायीक विद्यालयमा कार्यरत माध्यामीक तह द्धितियमा बढुवा हुनुभएका शिक्षकहरु गोविन्द तिमिल्सीना, हरि कृष्ण अर्याल, नारायण काप्री, कृष्ण प्रसाद ओझा, शिवराम अर्याल लाई बधाई दिंदै आगामी कार्यकालको सुभकामना समेत व्यक्त गर्नुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले खेलकुद र खेलक्षेत्रको विकासका लागि नगरपालिका लागि परेको बताउदै प्रतियोगिताको सुभकामना व्यक्त गर्नुभयो ।
खेल जीवनले अनुशासन, मर्यादा र स्वस्थ्यतालाई समेत सकारात्मक प्रभाव पार्ने बताँउदै उपप्रमुख अर्यालले प्रतियोगिताले तारकेश्वरका अन्तर विद्यालयहरु बिचको प्रतिष्पर्धा र विद्यार्थीहरु तथा समाजका विभिन्न तह, तप्काहरुलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
खेलकुद कार्यक्रममा संयोजक राजेन्द्र तिमिल्सीनाले तारकेश्वर नगरपालिकालाई खेलकुदको हब बनाउनका लागि विद्यालय तहबाटनै यस्ता प्रतियोगिता आयोजना गरेर सुरुवात गरिएको बताँउदै प्रतियोगिताले सामुदायीक र संस्थागत विद्यालयको एकता र विद्यार्थीहरुको भावनात्मक एकता गराउने दाबी गर्नुभयो ।
तिमिल्सीनाले दूई हजार विद्यार्थीको सहभागीता रहेको खुलकुंदमा छोटो सुचना प्रवाह र विभिन्न कक्षाहरुको परिक्षा र व्यस्थताका बिच पनि विद्यार्थीहरुको सहभागतिा रहनु आफैमा गौरबको कुरा रहेको बताउनुभयो ।
नगरप्रमुख पनि खेलकर्मी रहेकाले खेलकुंदलाई प्रोत्साहन गर्न बिभिन्न कार्यक्रमहरु ल्याइरहेको बताँउदै तिमिल्सीनाले खेलमैदानहरुको स्थरीकरण, सुदृढीकरण र नयाँ खेल मैदानहरुको पहिचान गरि बजेट बिनियोजन गर्ने कार्यक्रमहरु रहेको बताउनुभयो ।
तिमिल्सीनाले खेल जीवन मानिसको महत्वपुर्ण अंग भएपनि लामो समय सम्म कोभिडका कारणले यस्ता खेलकुदका कार्यक्रमहरु आयोजना नभइरहेको सन्दर्भमा खेलकुदको विकासका लागि तारकेश्वर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत बजेट बिनियोजन गरि कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रमको सञ्चालन तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले गर्नुभएको थियो भने नगर शिक्षा शाखाका पदम बहादुर खत्रीले स्वागत गर्नुभएको थियो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ४ का अध्यक्ष नरेन्द्र दाश श्रेष्ठ, वडा नं ५ का अध्यक्ष शम्भु प्रसाद फुयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जन, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कविराज बस्नेत, कार्यपालिका सदस्यहरु मिरा थापा, अन्जु बस्नेत, शान्ता थपलिया, गिता परियार सहित नगरपालिकाका विषयगत शाखाका प्रमुख एवम कर्मचारीहरु, सामुदायिक तथा संस्थागत बिधालयका प्रधानाध्यापकहरु,सम्बन्धित खेलका रेफ्री तथा प्रशिक्षकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, समाजसेवी, शिक्षा तथा खेलकुद प्रेमी लगायतको उपस्थिति रहेको थियो ।

No description available.
पाँच बिधामा हुन गइरहेको खेलकुंद प्रतियोगितामा तारकेश्वर नगरपालिकामा सञ्चालीत ३४ वटा सामुदायीक र संस्थागत विद्यालयका १९ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहनेछ ।
प्रतियोगिताको प्रथम बिजेता टिमले रु १ लाख नगद सहित स्वर्ण पदक प्राप्त गर्ने छन् । त्यस्तै द्धितिय बिजेताले रजत पदक सहित नगद रु ६० हजार, तृतीय पुरस्कार बिजेता टिमले कास्य पदक सहित नगद रु ४० हजार र सान्त्वना जित्ने टिमले प्रमाणपत्र सहित नगद रु २० हजार पाउने छन् ।
कुन कुन विधाम हुंदैछ प्रतियोगिता ?
प्रतियोगिता बिभिन्न पाँच विधामा हुनेछन् । जस अनुसार फुटबल, भलीबल र कवडी खेल हुने छ । त्यस्तै मार्सल आर्ट अन्तर्गत टेक्वान्डो, कराँते र उसु प्रतियोगिता हुने छन् । त्यस्तै ट्रयाक एण्ड फिल्ड अन्तर्गत हाइजम्प, लङजम्प, भारातोलन र ज्याभ्लीङ थ्रो साथै १ सय, २ सय, ४ सय र ८ सय मिटर दौड हुने छन् । यि सबै खेलमा छात्र र छात्राका टिमहरु बिच प्रतिष्पर्धा हुने छ ।
कहाँ कहाँ हुंदै छ प्रतियोगिता ?
प्रथम मेयर रनिङसिल प्रतियोगिता २०७९ तारकेश्वर नगरपालिकाका बिभिन्न खेलमैदा, स्कुलका हुने छन् भने दौड प्रतियोगिता भने सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको खेल मैदानमा हुने छन् । जस अनुसार फुटबल टुसाल खेल मैदान डाँडागाँउमा हुनेछ । त्यस्तै भलिबल एन्जल्स हार्ट स्कुल तारकेश्वर १०, कवडी र टाइकन्डो ग्राम सेवा मावि धर्मस्थली, कराँते र उसु तारकेश्वर ९ को मनमैजु कवर्ड हल, फिल्ड अन्तर्गतको खेल गोलढुंगा खेल मैदानमा हुनेछन् । फिल्ड अन्तर्गतका सम्पुर्ण दौड प्रतियोगिताहरु भने सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको खेल मैदानमा हुने छन् ।

No description available.

No description available.

ty

प्रतिक्रिया दिनुहोस्