मालपोत र नापीमा सदाचारको मापन गरिँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउनु प्राथमिक कार्यसूची रहेको बताउनुभएको छ ।

मालपोत र नापी कार्यालयका कर्मचारीसँगको नियमित अन्तरक्रियामा उहाँले ती दुवै कार्यालयको सेवाप्रवाह गुनासो र कार्यालय व्यवस्थापनलाई मूल सूचक बनाई कार्यसम्पादन मूल्याङ्कनको आधार बनाइने जानकारी दिनुभयो ।

सचिव डा रेग्मीले मन्त्रालयले सघनरूपमा सबै कार्यालयको स्थितिको अनुगमन गरिरहेकाले महानिर्देशक, कार्यालय प्रमुख र सबै कर्मचारीले आफ्नो कार्यसम्पादन सेवाग्राहीमैत्रीय बनाउन दत्तचित्त रहन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्