जरङखुमा बषौं देखिको ट्राफिक जामको समस्या अन्त्य हुने, नगरप्रमुख महर्जनद्धारा जरङखु पुलको शिलान्यास

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०७९, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाको वडा नं ६ र ८ जोडने जरङखुमा पुल बन्ने भएको छ । हाल रहेको जरङखु पुल र बसन्त कोलनीको बिच भागमा पुल बन्न लागेको हो । जरङखुमा चालु अवस्थामा रहेको पुल निकै सानो र एकतर्फि मात्र सवारी आवागम हुने भएकाले बषौं देखि स्थानीयवासीहरुले जाम हुने समस्याले हैरानी भोग्दै आइरहेका छन् ।
तारकेश्वर नगरपालिकाको ५२ लाखको लगानीमा निर्माण हुने उक्त पुल साँडे ६ मिटर लम्बार ६ मिटर चौडाई रहने छ । मुक्ति कन्ट्रक्सनले २०८० बैशाख सम्ममा निर्माण पुरा गर्ने गरि नगरपालिकासंग सम्झौता समेत गरिसकेको छ ।
पुल निर्माणका लागि नगरपालिकाले ८५ लाखमा टेण्डर आव्हान गरेपनि मुक्ति कन्ट्रक्सनले ५२ लाखमा टेण्डर सकारेको हो । श्री पञ्चमीको अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले पुलको शिलान्यास समेत गर्नुभएको छ । शिलान्यास कार्यक्रममा वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटा, वडा नं २ का अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका प्रवक्ता राधा कृष्ण खडगी लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको उपस्थीति रहेको थियो ।

May be an image of 8 people, people sitting, people standing and road
उक्त पुलको निर्माणले वडा नम्बर ६ ,८, २ का जनसमुदायहरुले प्रत्यक्ष लाभ लिन सक्ने छन् भने जरङ्कुको सडक जाम पनि कम हुने छ । उक्त पुलको तारकेश्वर नगरपालिकाका पुर्वाधार विकास शाखाका प्रमुख इन्जीनियर पुर्णकाजी महर्जन, इन्जीनियर पारश थापा र सब इन्जीनियर राजकुमार फु्याल सहितको प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ ।

No description available.May be an image of 7 people, people standing and outdoors

प्रतिक्रिया दिनुहोस्

Array