राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ ,  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताउनुभयो । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उहाँको भनाइ थियो ।

“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– “यो समीकरणलाई टुट्न र भत्कन दिनु हँुदैन ।” उहाँले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array