प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ , राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array