न्यायीक प्रतिष्ठान आसापासमा तिन बर्ष देखि रोकिएको हालसावी खुलाउन तारकेश्वरका नगरप्रमुख महर्जन सक्रिय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ माघ २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु न्यायीक प्रतिष्ठान आसपासका तिन बर्ष देखि हुन नसकेको हालसावी गराउन तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनले पहल कदमी थाल्नु भएको छ ।
न्यायीक प्रतिष्ठान आसासासका करिब १८० घर तथा जग्गामा गएको तिन बर्ष देखि हालसावी नहुंदा स्थानीयहरु निकै मारमा पदै आइरहेका थिए । हालसावी नहुंदा घर जग्गा किनबेच र बैक तथा बित्तिय संस्थामा राखेर ऋण लिन नपाँउदा स्थानीयबासीहरु समस्या खेप्दै आइरहेका थिए ।
यसै बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र राष्ट्रिय न्यायीक प्रतिष्ठानका कार्यकारी निर्देशक केदार पौडेल बिच भेटघाट भएको छ । न्यायीक प्रतिष्ठानको कार्यालय तारकेश्वर १० मनमैजुमा नगरप्रमुख महर्जन र निर्देशक पौडेल बिच भेटघाट भएको हो । भेटघाटका क्रममा नगरप्रमुख महर्जनले न्यायीक प्रतिष्ठान आसपासका घर तथा जग्गाहरुमा हालसावी रोकिंदा स्थानीयलाई समस्या भएको भन्दै समस्या समाधानका निम्ती सकारात्मक भइदिन आग्रह गर्नुभएको थियो । नगरप्रमुख महर्जनले हालसावी खुलाउन स्थानीय निकायको तर्फबाट आफुले पहल गर्ने बताँउदै प्रतिष्ठानले पनि पहल कदमी लिइदिन अनुरोध समेत गर्नुभएको थियो ।

No description available.
भेटघाटका क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पौडेलले प्रतिष्ठानले आफ्नो जग्गाहरुमा सबै तिर पर्खाल लगाइसकेको बताँउदै त्यस भन्दा बाहिर आफुहरुको दावी नभएको बताउनुभयो । भेटघाट बारेमा सगरमाथा पोष्टसंगको कुराकानीको क्रममा निर्देशक पौडेलले हालसावी आफुहरुको कारणले मात्र नभई नापी कार्यालयको प्राथमीकतामा नपरेकाले रोकिएको बताँउदै स्थानीयहरुको हालसावी गराउन प्रतिष्ठानबाट कुनै अवरोध नहुने बताउनुभयो ।
भेटघाटका क्रममा कार्यकारी निर्देशक पौडेलले तारकेश्वर नगरपालिकाको न्यायीक समिति र न्यायसंग सम्बन्धीत बिषयहरुमा न्यायीक प्रतिष्ठानबाट हुन सक्ने सहयोग गर्न प्रतिष्ठान तयार रहेको समेत बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array