नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ । आज विहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो ।

यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजदेखि उपत्यकामा तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ । तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक÷एक जनाको दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक जना र छ जना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसै सङ्घ परिषद् सदस्य ६० जनाकोसमेत निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिनु भएको छ । अध्यक्षमा डा अनिल विक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी विक्रम सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना रहनुभएको छ । यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array