तारकेश्वरको ११ वटै वडाहरुमा रक्तदान कार्यक्रम हुने, नगरप्रमुख र वडा अध्यक्षद्धारा वडा नं ६ का रक्तदातालाई प्रमाणपत्र प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ माघ २०७९, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत ग्राम सेवा माविमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ४३ रक्तदाताले रक्तदान गरेको स्वास्थ्य शाखाका प्रमुख बिनोद शाहले जानकारी दिनुभयो ।
रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो ।
रेडक्रससंगको सहकार्यमा तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले तारकेश्वरको ११ वटै वडाहरुमा रक्तदान कार्यक्रम आयोजना गदैछ । यस अघि तारकेश्वर नगरपालिका वडा नं २ मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

No description available.
यस अघि तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच तारकेश्वर नगरवासीलाई निशुल्क रगत दिने सम्बन्धी सम्झौता भएको थियो । जस अनुसार तारकेश्वर नगरभित्र स्थायी बसोबास गर्ने नागरिकहरु, नगरपालिका र त्यस अन्तर्गतका कर्मचारीहरुले निशुल्क रुपमा रगत पाउने छन् । रेडक्रस मार्फत रगत लिंदा तिनुपर्ने क्रस म्याचबापतको शुल्क अब देखि तारकेश्वर नगरपालिकाले तिरिदिने छ । निशुल्क रगत लिनका लागि नगरपालिकाको सिफारीस पत्र वा निशुल्क रगत सेवा लिनुपर्ने तथा लिएका व्यक्ति नगरपालिकाको स्थायी वासिन्दा भएको प्रमाण हुने कुनै किसिमको आधिकारीक सरकारी कागजात ( नागरिकता, लाइसेन्स, मतदाता परिचयपत्र, बसाइसराई, लालपुर्जा इत्यादी) को प्रतिलिपिमा बिरामी वा आफन्ताले प्रमाणीत गरेर निशुल्क रगत लिन सकिने तारकेश्वर नगरस्वास्थय शाखाले जनाएको छ । इमरजेन्सी अवस्थामा कागजपत्र नभई शुल्क बुझाएकाहरुले पछि आवश्यक प्रमाणहरु बुझाएपछि तिरेको शुल्क र्फिता पाउने छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array