शिक्षक संघ शिवपुरीद्वारा निवृत्त शिक्षकको सम्मान तथा विदाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ माघ २०७९, शनिबार
2 Min Read
Aa

प्रवीण थपलिया नुवाकोट , २१ माघ । नुवाकोटको शिवपुरी गाउँपालिका अन्तर्गत सेवा अवधिबाट निवृत्त भएका शिक्षकहरुको आज एक समारोहका बीच विदाई तथा सम्मान गरिएको छ ।
नेपाल शिक्षक संघ शिवपुरी गाउँ कार्य समिति नुवाकोटले अन्नपूर्ण रिभर भ्यु शेरावगरमा शनिवार आयोजित पाचौं प्रतिनिधि सभा तथा निबृत शिक्षकहरु सम्मान कार्यक्रममा शिवपुरी गाउँपालिका भित्रका निवृत्त शिक्षकहरुमा जनज्ञान निकेतन मा विका पूर्व प्रअ महेस प्रसाद सिलुवाल, कुम्भेश्वर मा वि का प्र अ राजन प्रसाद थपलिया, भुमेदेवि मा वि का मचिन्द्र केसी,जनज्ञान निकेतन मा वि का शिक्षक गोपालप्रसाद सिलुवाल,ग्रामिण देवि मा वि का पूर्व प्र अ गंगालाल डंगोल,हिल्चे आ विका सावित्री केसी, महेन्द्र मा विका शिक्षक दिलिप ओझा तथा शिक्षक संघ नुवाकोटका पूर्व जिल्ला कार्य समिति सभापति तथा शिवपुरी गा पा पूर्व शिक्षा शाखा प्रमुख राम बहादुर थापालाई सम्मानका साथ उहाँहरुको योगदानको कदर गर्दै विदाई गरिएको छ ।

No description available.

नेपाल शिक्षक संघ शिवपुरी अध्यक्ष दामोदर आचार्यको अध्यक्षता , वाग्मती प्रदेश महासचिव दिपक सिम्खडाको प्रमुख आतिथ्यता तथा शिवपुरी गाउँ पालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा नुवाकोट जिल्ला कार्य समिति सभापति द्वारिका पाण्डे, शिक्षक संघ नुवाकोटका पूर्व जिल्ला कार्य समिति सभापति राम बहादुर थापा , जिल्ला कार्य समिति उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेका प्रदेश क उपाध्यक्ष हरि वहादुर दुलाला, नेका शिवपुरी सभापति कविराज गुरुङ, शिवपुरी ८ का वडा अध्यक्ष केशवप्रसाद रिजाल , नेपाल शिक्षक संघका जिल्ला सहसचिव चोकमाया गुरुङ ,नेपाल शिक्षक संघका पूर्व अध्यक्ष एवं कुम्भेश्वर मा वि का प्र अ माधव ठकुरी, तथाप्र अ हरु नारायण थापा, रामहरि खड्का, चिरन्जिवी खतिवडा, सूर्य बहादुर डंगोल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

No description available.
कार्यक्रममा सम्मानीत शिक्षकहरुले खुसी व्यक्त गर्नु भएको थियो।कार्यक्रममा बोल्ने अतिथि वक्ताहरुले शिक्षक आफ्नो पेसाप्रति इमानदारी पूर्वक लाग्नु पर्ने , गुणस्तरीय शिक्षा दिनु पर्ने र शिक्षकको जायज मागप्रति नेपाल शिक्षक संघ कडा रुपमा लाग्ने कुरामा प्रतिवद्धता जनाएका थिए । शिवपुरी गाउँपालिका शिक्षक संघका सचिव रामचन्द्र खतिवडाको संचालनमा भएको कार्यक्रममा शिवपुरी गाउँपालिका भित्रका शिक्षक संघ प्रति आवद्ध शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

No description available.

No description available.

yu

प्रतिक्रिया दिनुहोस्

Array