नेपाल शिक्षक संघ तारकेश्वरमा गिरी को नेतृत्वमा २९ सदस्यीय सर्वसम्मत कार्यसमिति चयन, नगर प्रमुखद्धारा बधाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ माघ २०७९, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । नेपाल शिक्षक संघ तारकेश्वरको दोश्रो अधिवेशनले नारायण गिरीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको मानसिंह धर्म माध्यामिक विद्यालयमा शनिबार आयोजना गरिएको अधिवेशनले उपाध्यक्ष सन्दीप सापकोटा मनमैजु मावि, महिला उपाध्यक्ष सुभद्रा लामिछाने मानसिंह धर्म मावि, सचिब प्रह्लाद फुंयाल ज्ञानोदय प्रावि काभ्रेस्थली, महिला सचिब सुभद्रा थापा पुरानो गुहेश्वरी मावि, अर्थ सचिब केदार गजुरेल मानसिंह धर्म मावि लगायत २९ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचीत भएको नेपाल राष्ट्रिय माविका बरिष्ठ शिक्षक (मावि द्धितिय) तथा नेपाल शिक्षक संघ, तारकेश्वरका विशिष्ट सदस्य गोविन्द तिमिल्सीनाले जानकारी दिनुभयो । नवनिर्वाचीत कार्यसमितिलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बधाई तथा सुभकामना व्यक्त गर्नुभएको छ ।

May be an image of 9 people, people sitting and people standing
यस अघि संघको अधिवेशनको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले संघको दोश्रो अधिवेशनले तारकेश्वरको शिक्षा क्षेत्रको विकासका निम्ती भुमिका निर्वाह गर्न सक्ने सक्षम नेतृत्व चयनका निम्ती सुभकामना व्यक्त गर्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाका समुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तरका निम्ती नगरपालिकाले बिगतको भन्दा ८ गुणा बढी बजेटको व्यवस्था गरेको बताँउदै नगरप्रमुख महर्जनले गुणस्तरीय शिक्षाका निम्ती अभियन्ता बनेर लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
तारकेश्वरका सामुदायीक विद्यालयहरुमा विद्यार्थी भर्ना गराउन अविभावकहरुको क्रेज बढदै गइरहेको बताँउदै नगरप्रमुख महर्जनले सामुदायीक विद्यालयको शैक्षिक सुधारलाई अझै बढाउनका निम्ती आजैबाट लाग्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
तारकेश्वरको सामुदायीक विद्यालयहरुको व्यवस्थापन समितिको नेतृत्व वडाका जनप्रतिनिधिले गर्ने व्यवस्थाले विद्यालयलाई हुने भार कम भई शैक्षिक गुणस्तरमा सहयोग पुगेको बताँउदै नगरप्रमुख महर्जनले असल नियतले गरिएको कामलाई राजनीतिक रंग दिंदा समाजमा नकारात्मक भ्रम पैदा भएको बताउनुभयो ।

May be an image of 13 people and people standing

May be an image of 10 people, people standing and people sitting
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले बालबालिकाहरुको उज्जवल भबिष्य शिक्षकको हातमा रहेको बताँउदै बालबालीकाहरुलाई समयअनुकुल उचित शिक्षा दिनका निम्ती शिक्षकहरु इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो ।

May be an image of 8 people and people sitting
कार्यक्रममा तारकेश्वर नगरशिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सीनाले तारकेश्वर नगरपालिकाको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरका निम्ती नगरपालिकाले बजेटको उचित बजेटको व्यवस्था गरेको बताँउदै गुणस्तरीय शिक्षाका निम्ती सबै आ–आफ्नो ठाँउबाट लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल टे«ेडयुनियन काँग्रेस तारकेश्वरका अध्यक्ष अच्युत ओझा सहितले अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।

No description available.

May be an image of 2 people, people standing and people sitting

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array