नुवाकोट–गोंगबुँ सम्पर्क समाजमा पाण्डेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । नुवाकोट घर भई काठमाण्डौंको गोंगबुँमा बसोबास गर्नेहरुको साझा संस्था नुवाकोट गोंगबुँ सम्पर्क समाजको अध्यक्षमा योगेन्द्रराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
समाजको शनिबार बालाजु बाइसधारामा आयोजना गरिएको चौथो महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार प्रथम उपाध्यक्षमा अच्युत कुइकेल, द्वितीय उपाध्यक्षमा निशा पाण्डे, महासचिवमा राजन सेढाई, सचिवमा गायत्री लामिछाने, कोषाध्यक्षमा अप्सरा पण्डित, सहकोषाध्यक्ष सालिकराम लामिछाने सहित सहित २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो ।
नवनिर्वाचीत कार्यसमितिलाई नेपाली काँग्रेसका प्रभावसाली नेता, पुर्वमन्त्री माननीय अर्जुन नरसिंह केसी, नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत, बाग्मती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका सभापति रमेश महत, संविधान सभाका सदस्य जगदिश्वर नरसिंह केसी, नेपाली काँग्रेस नुवाकोटका नेता ध्रुव अधिकारी, योग प्रशिक्षक तथा संस्थाका सल्लाहकार केदारनाथ पाठक लगायतले बधाई र सुभकामना व्यक्त गर्नुभएको थियो ।

May be an image of 6 people, people standing and people sitting

May be an image of 8 people and people standing

May be an image of 8 people and people standing

May be an image of 4 people and people standing

c

प्रतिक्रिया दिनुहोस्

Array