राष्ट्रपतिबाट सङ्घीय संसद्लाई सम्बोधनको जानकारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ ,  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने हुनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी गराउनुभएको हो ।

नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपराह्न ५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्