रोजमेरी आईडलमा खेलकुदको महाकुम्भ स्पोर्टस मिट सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल तारकेश्वर ७ फुटुङ स्थीत रोजमेरी आईडल बोडिङ स्कुलमा खेलकुदको महाकुम्भ स्पोर्टस मिट सुरु भएको छ ।
विद्यालयको प्राङणमा मंगलबार आयोजना गरिएको विशेष कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जन, विद्यालयका संस्थापक तथा शिक्षासेवी रामकृष्ण महर्जन, विद्यालय सञ्चालक समितिका सदस्य दिनेश महर्जन र प्रधानाध्यापक डि.पी. दाहाल सहितले स्पोर्टस मिटको सुभारम्भ गर्नुभयो ।
शुक्रबार सम्म चल्ने स्पोर्टस मिटमा वास्केट बल, टेवल टेनिस, चेस, लङजम्प, कवडी, सर्टपुट, व्याडमिन्टन लगायत ३६ वटा खेलहरु हुने छन् । खेलकुदमा विद्यालयमा अध्ययनरत ९६० विद्यार्थीहरु मध्य ८८० विद्यार्थीहरु सहभागी हुने विद्यालयका प्रधानाध्यापक डि.पी दाहालले बताउनुभयो । स्कुलमा अध्ययनरत प्लेग्रुपका विद्यार्थी बाहेक नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी हुने छन् । स्पोर्टस मिटमा नर्सरी देखि कक्षा २ सम्मका सम्पुर्ण विद्यार्थीहरुले सबै ११ वटा गेममा सहभागी हुने छन् । त्यस्तै कक्षा ३ देखि ५ सम्म कम्तीमा पनि २ वटा र बढीमा ४ वटा खेलमा सहभागी हुने छन् । त्यस्तै कक्षा ६ देखी ९ सम्मका कम्तीमा २ वटा र बढीमा ६ वटा खेलमा सहभागीता जनाउने प्रधानाध्यापक दाहालले बताउनुभयो ।

No description available.
स्पोर्ट मिटको सुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डि.पि दाहालले अबको एक हप्ता विद्यालयमा पढाई नभई खेलकुदको कार्यक्रम मात्र हुने भएकाले आफुले सहभागीता जनाउने खेलमा जित्ने गरी तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
विद्यालयका संस्थापक तथा शिक्षासेवी रामकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जन, विद्यालय सञ्चालक समितिका सदस्य दिनेश महर्जन,प्रधानाध्यापक डि.पी. दाहाल, विद्यालय–अविभावक संघका अध्यक्ष सिताराम थापा मगर, विद्यालयका बरिष्ठ इञ्चार्ज नरेश थापामगर, प्रि–प्राइमरी इञ्चार्ज ज्ञानी महर्जन, फिफाका पुर्व रेफ्री राजेश श्रेष्ठ, कराँतेका प्रशिक्षक सविना श्रेष्ठ, व्याडमिन्टनका प्रशिक्षक देव सिंह खत्री, इसीए इञ्चार्ज पुर्ण सिजापती, परिक्षा इञ्चार्ज अनिस क्षेत्री, भाषा इञ्चार्ज कल्पना खतीवडा लगायत विद्यालयका अन्य शिक्षक, कर्मचारीहरु, विद्यार्थीहरु र अविभावकहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्राइमरी इञ्चार्ज माया वि.के ले गर्नुभएको थियो ।

No description available.

No description available.No description available.

No description available.

No description available.

स्पोर्टस मिटको सुभारम्भ अघि कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले मार्चपास सहित मनमैजु मन्दीर हुंदै आसपासका क्षेत्रको परिक्रमा गरेका थिए ।
२०७२ सालमा स्थापना भएको रोजमेरी आइडल बोडिङले तारकेश्वर नगरपालिकाको शैक्षिक र खेलुकदको क्षेत्रमा समेत विशिष्ट पहिचान बनाउन सफल भएको छ । हालै तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम मेयर रनिङसील प्रतियोगितामा रोजमेरी स्कुलका विद्यार्थीहरुले कराँतेमा ८ वटा पदक जित्न सफल भएका थिए । यस अघि भारतमा भएको प्रतियोगितामा ४ देशका खेलाडीहरुलाई पराजीत गदै विद्यालयको कक्षा ९मा अध्ययनरत विद्यार्थी सुरज राजबाहक कराँतेमा गोल्ड मेडल जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array