एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।

सो क्रममा उनीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उहाँले बताउनुभयो । यस्तै रु एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ । उनीहरूको साथबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताउनुभयो ।

हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागुऔषधसम्बन्धी एक सय छवटा निवेदन दर्ता गरिएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array